पहिरो खुलाउने क्रममा ढुङ्गा खसेर एकको ज्यान गयो

  • प्रकाशित मितिः श्रावण १७, २०७७
  • १४५ पटक पढिएको
  • सञ्चारपाटी
alt

बराहक्षेत्र / चतरा र बराहक्षेत्रधाम जोड्ने सडक अन्तर्गत वराहक्षेत्र १ स्थित १७ नम्बरमा खसेको पहिरो पन्छाउने क्रममा माथिवाट ढुङ्गा खस्दा तल यात्रा गरिरहेका एक जना पैदल यात्रीको ज्यान गएको छ भने २ जना पैदल यात्रि घाइत भएका छन् ।

सुनसरी र उदयपुर जोड्ने कोशिमा रहेको झोलुङ्गे पुल तरेर भोजपुरवाट सुनसरी तर्फ आउदै गर्दा स्काइभेटर मार्फत एक साता देखि अबिरल परेको पानीले झारेको पहिरो पन्छाउने क्रममा माथिवाट एक्कासी ढुइ्गा खस्दा भोजुपर हाईखराङ्का २२ बर्षिय पुरुष राजकुमार राईको घटना स्थलमै मृत्यु भएको हो भने खाइखराङ्गकै करिब १३ बर्षिय अजय राई र करिव २२ बर्षिय शंकर राई घाइते भएका हुन् ।

घाइते दुई जनालाइ उपचारका लागि धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पढाइएको इलाका प्रहरी कार्यलय चतराले जानकारी दिएको छ ।

घाइते मध्य १३ बर्षिय अजय राईको गम्बिर अवस्था रहेको छ भने मृत राजकुमारको शरीरलाइ पोष्टमाटमको लागि धरान बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाउने तयारी गरिएको छ ।  

स्काकाइभेटर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved