दमक बालुवाटार जग्गा घोटाला : केपी ओली नै गगन पुरीको पक्षमा

  • प्रकाशित मितिः श्रावण १७, २०७७
  • १३४ पटक पढिएको
  • सञ्चारपाटी
alt

दमक / प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चुनाव क्षेत्रमा अर्बौ रुपैयाँको जग्गा घोटाला काण्डका दोषीलाई उम्काउने भएका छन्।

ओलीको गृहनगर दमकको वडा नम्बर ८ बालुवाटारको अर्बौं रुपैयाँ बराबरको जग्गा घोटाला काण्डमा नेकपाका नेता रेवतराज पुरी (गगन) लाई जेल जानबाट जोगाइन लागेको हो।

काठमाडौंको बालुवाटार जग्गा घोटाला काण्डसँगै चर्चामा आएको दमक बालुवाटार घोटालाका नाईके गगन पुरीलाई प्रधानमन्त्री ओलीकै पहलमा कारवाहीबाट उन्मुक्ति दिन लागिएको हो।

गगनको समूहले करिब ३० बिगाहा जग्गा घोटाला गरेको भनी जिल्ला अदालत झापामा मुद्दा चलिरहेको छ। सो जग्गा हतारहतार सरकारको नाममा ल्याएर मुद्दा ढिसमिस पारेर कीर्ते गर्ने समूहलाई जेल जानबाट जोगाइन लागेको हो।

सिआईबी र खख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धान अनुसार दमक बालुवाटार जग्गा घोटाला काण्डमा गगन सहित १४८ लाई मुद्दा चलाउनुपर्ने हुन्छ। तर, घोटाला गरिएको जग्गा सरकारको नाममा ल्याएर सबैलाई उन्मुक्ती दिन प्रधानमन्त्री ओलीले पहल गरेका हुन्।

आफ्नो चुनाव क्षेत्रमा भएको उक्त घोटाला काण्डका अभियुक्तलाई कारवाही भए आगामी चुनावमा आफूलाई असर पुग्ने भन्दै गगन सहितका व्यक्तिहरुलाई जोगाउन लागिएको हो।

पुरी र उनको समूह विरुद्द जिल्ला अदालत झापा जिल्ला अदालतमा जग्गा घोटालमा मुद्दा चलिरहेको छ। अदालतमा विचाराधीन मुद्दा किनारा नलागी जिल्ला सरकारी वकिल कार्यालय झापाले दमक मालपोत कार्यालयलाई पत्र लेखी पुरी र उनको समूहले १४८ जनाको नाममा सारेको उक्त जग्गा सरकारकै नाममा फिर्ता ल्याउन पत्राचार गरेको छ। 

मुद्दा किनारा नलागी सरकारी वकिल कार्यालयले गरेको उक्त पत्राचारले उक्त घोटाला काण्डका अभियुक्तहरुलाई कारवाही नगरी उन्मुक्ति दिन लागिएको हो।

सरकारी वकिल कार्यालयले दमक मालापोतलाई लेखेको पत्रमा सर्पट नापी समेतको मिलेमतोमा अम्बर बहादुर कार्की सहित १४८ जनालाई बिक्री वितरण गरेको उल्लेख छ।

गगनले किर्ते गरी १४८ जनालाई बिक्री वितरण गरेको उक्त जग्गा सरकारको स्वामित्वमा ल्याउन सरकारी वकिल कार्यालय झापाले दमक मालपोतलाई २०७६ चैत्र ४ गते उक्त पत्र काटेको पाईएको छ। सरकारी वकिलले किर्ते गरिएको जग्गा जफत गर्न मालपोतलाई पत्र काटिएको केहि समय पछि पुरी झापा जिल्ला अदालतमा हाजिर भएका हुन्।

यस घोटाला काण्डका बारेमा जानकार एक अधिवक्ता नाम ऊल्लेख नगर्ने सर्तमा भन्छन्, त्यहि विषयमा अदालतमा विचाराधीन रहेको अवस्थामा सरकारी वकिल कार्यालयले जग्गा जफत गर भनेर मालपोतलाई पत्र लेखेबाट यो विषयमा भित्रभित्रै अरु नै प्रपंच चलिरहेको छ भन्ने देखाउँछ। मुद्दा चलिरहेको विषयमा हतारिएर सरकारी वकिल कार्यालयले किन पत्र लेख्यो ? अभियुक्तहरुलाई जेल जानबाट जोगाउनकै लागि हो।

सरकारी जागा किर्ते गरेर आफू र आफ्नो समूहका व्यक्तिको नाममा राखेको जग्गा जफत गरी नेपाल सरकारको स्वामित्वमा ल्याएर पुरीलाई उन्मुक्ति दिने तयारी भएको हो भन्ने अर्थमा बुझ्नु पर्छ।

प्रधानमन्त्री ओलीले काठमाडौंको बालुवाटार जग्गा घोटाला काण्डमा नेकपाका नेता विष्णु पौडेललाई जोगाए पनि बाँकी सबैलाई मुद्दा चलाउन इशारा गरेका थिए। दमकमा भने गगन पुरी सहित सबैलाई जोगाइन लागेको हो ।

यसका लागि गगन अहिले काठमाडौंमा प्रधानमन्त्री निवासमा रातोदिन बसिरहेको बुझिएको छ । गगन निकटहरुका अनुसार नेकपाका राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल, प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारी र प्रधानमन्त्रीका भित्रीया भनी कहलिएका गोविन्द थापा प्रयोग भएका छन्। उनीहरुले गगनलाई जोगाउन विभिन्न किसिमको पहल गरिरहेको बुझिन्छ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved