नेपालमा आज थप ३१५ जनामा कोरोना संक्रमण

  • प्रकाशित मितिः श्रावण १७, २०७७
  • १९१ पटक पढिएको
  • सञ्चारपाटी
alt

नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले थप ३१५ जनामा कोरोना पोजिटिभ देखिएको बताए।

प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको ५ हजार ३३८ संख्या रहेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ९९३ को पीसीआर परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनामुक्त भएर ९३ जना डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या १४ हजार ४९२ रहेको छ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved