इलाममा थप १७ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण

  • प्रकाशित मितिः श्रावण १७, २०७७
  • १८० पटक पढिएको
  • सञ्चारपाटी
alt

इलाम / इलाम सदरमुकाममा रहेको सशस्त्र प्रहरीको गणमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल ४० जना सशस्त्रको स्वाब संकलन गरिएकोमा आज शनिबार आएको रिपोर्ट अनुसार १७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै गणमा संक्रमित सशस्त्र प्रहरीको मात्र संख्या २७ पुगेको छ । यसअघि पनि एक डिएसपीसहित १० जना पोजेटिभ देखिएका थिए । इलाममा संक्रमितको कुल संख्या भने ५७ पुगेको छ ।

रिपोर्ट पोजिटिभ आएका सबैलाई आजै मोरङको गोठगाउँस्थित आइसोलेसन पठाइने स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन विमल बरालले जानकारी दिए ।

भारतीय सीमा क्षेत्र तथा विभिन्न क्वारेन्टिनहरूमा खटिएका सशस्त्रको टोलीबाट गणमा संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ । गणमा रहेका ४० जनालाई बेग्लै राखिएको सशस्त्रका डिएसपी विश्व खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved