प्रदेश १ मा आज थप १९ जनामा कोरोना संक्रमण

  • प्रकाशित मितिः श्रावण १७, २०७७
  • १९१ पटक पढिएको
  • सञ्चारपाटी
alt

विराटनगर / आज प्रदेश १ मा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ साजिक विकास मन्त्रालयका अनुसार आज झापाको विर्तामोडका १ महिला र १ पुरूष र इलाम नगरपालिकामा १७ जना पुरूषमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित देखिएकाहरू मध्यो इलामका १७ जना ससस्त्र प्रहरी गणका रहेका छन् । यस अङि सोहि गणका १० जना मा संक्रमण देखिएको थियो यो संगै गणमा संक्रमितको संख्या २७ पुगेको छ भने इलाम जिल्लामा ५७ जना संक्रमित रहेका छन् ।

आज प्रदेश १ का विभिन्न ठाउँबाट २५ जना कोरोना संक्रमित निको भइ घर फर्केको मन्त्रालयले अध्यावधिक अपडेट मार्फत जानकारी गराएको छ । घर फर्केकाहरू मध्ये झापाका ७ जना मोरङका ५ जना सुनसरीका ३ जना, सालुखुम्बुका १ जना इलामका १ जना ओखलढुङ्गाका ५ जना रहका छन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved