सुनसरीमा कोरोना कहर बढ्दो,नाममात्रको लकडाउन (सम्पादकीय)

  • प्रकाशित मितिः श्रावण २३, २०७७
  • ७११ पटक पढिएको
  • सञ्चारपाटी
alt

सुनसरीमा कोरोना संक्रमण समुदायमै देखिन थालेपछी स्थानीय तहले यसको रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि समेतको उपस्थितिमा आफ्नो स्थानीय तह शील गरि लकडाउन गर्ने घोषणा गरे ।

केन्द्र सरकारले कोरोना संक्रमितको अवस्था हेरी लकडाउन गर्ने नगर्ने भन्ने निर्णय प्रदेश सरकारले गर्ने निर्णय गरेपछी प्रदेश सरकारले पनि कोरोना भाईरस नियन्त्रणका लागि आवश्यक परे सम्बन्धित स्थानीय तहले लकडाउन गर्न सक्ने निर्णय गरेको थियो ।

केन्द्र सरकारबाटै प्रत्यायोजन हुँदै आएको यहि अधिकारलाइ प्रयोग गर्दै सुनसरीका अधिकांश स्थानीय तहहरुले आफ्नो क्षेत्राधिकारभित्र शिल गरि लकडाउन घोषणा गरेका छन । सुनसरीका पालिकाहरुले लकडाउन शुरु गरेको भोलीपल्ट सडकमा भिडभाड नघटेको तथा लकडाउन व्यापक उल्लंघन भएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर साउन २६ गते राती १२ सम्म निषेधाज्ञा जारी गर्‍यो । यद्यपि कोरोना जोखिम कम गर्न गरिएको लकडाउन तथा निषेधाज्ञा निष्प्रभावी बन्दै गएको छ ।

लकडाउनरनिषेधाज्ञा उल्लंघन गरि बाहिर निस्कने मानिसको संख्या हेर्दा लकडाउन नभई यातायात तथा उद्योग व्यापार मात्र बन्द हो कि भन्ने भान हुन्छ । कोरोना भाइरस समुदायमा फैलिईरहेको र व्यापक मात्रामा पिसिआर परिक्षण नभएको अवस्थामा सर्वसाधारण स्थानीय तह र प्रशासनको निर्णय विपरित बाहिर निस्कनु,जमघट गर्नु अटेरीपन मात्र नभई गैह्रजिम्मेवारपनको पराकाष्ठा समेत हो ।

लकडाउन कार्यान्वयन गर्न आफै उच्च जोखिम बहन गरि खटिएका सुरक्षाकर्मीलाइ अहिले लकडाउन उल्लंघन गर्नेलाई सम्झाउनै फलामको च्युरा च्पाउनु सरह भएको छ । एकातीर आफै सुरक्षित रहदै कर्तव्य पालन गर्ने अर्कोतर्फ लकडाउनरनिषेधाज्ञा अवज्ञा गरि निस्कनेलाई सम्झाउदा समेत सडक बजारमा मानिसको चाप नघट्नाले लकडाउनरनिषेधाज्ञा नाम मात्रमा सिमित भएको छ ।

स्थानीय स्तरका नेता तथा कथित अगुवाहरुको हठी स्वभाव र जनताको अटेरीपनले लकडाउनमा कडाई हुन नसक्दा हामी स्वयं खतरमा छौ । भारत सँग खुल्ला सिमा भएको सुनसरीमा लकडाउन निषेधाज्ञा नभए पनि उच्च सतर्कता अपनाउनुपर्ने हुन्छ । पछिल्ला केही दिन यता नेपाल सँग त्यसमा पनि अधिकांश प्रदेश नं १ का जिल्लाहरुसँग सिमा जोडिएको भारतको बिहारमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन उच्च दरमा बढ्दो छ । बुलेट ट्रेनको गति भन्दा तिब्र दरमा छिमेकी भारतमा कोरोना संक्रमित र मृत्युु हुनेको संख्या बढ्दा खुल्ला सिमा जोडिएका जिल्लाहरुले पक्कै पनि उच्च सतर्कता अपनाउनु पर्ने हो ।

अहिले संक्रमितहरुको उपचार घरमै गर्नुपर्ने बाध्यतामा हामी छौं ,कोरोना भाइरसको उपचार गराईरहेका धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको कोशी अञ्चल अस्पतालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढे सगै त्यहाँ नयाँ बिरामीलाई उपचारका लागि थप बेड नभएको बताईन्छ । कोरोना संक्रमणबाट थप गम्भीर भएकाहरुलाई राख्न आईसियु तथा भेन्टिलेटर समेत नभएको अवस्थालाई आम सर्वसाधारणले मनन गर्दै लकडाउनलाई कडाईका साथ पालना गर्नु जरुरी छ ।

विशेषज्ञले भनेझै आफुबाहेक अरु सबै कोरोना संक्रमित हुन मैले आफुले भौतिक दुरी कायम गर्नुपर्छ आवश्यक स्वास्थ्य सुरक्षा प्रणाली अपनाउनुपर्छ भनेर नागरिक स्वयं सचेत नभइ अहिलेकै जस्तो लकडाउन उल्लंघन गर्दै हिड्डुल,जमघट तथा भेटघाट जारी राख्ने हठ नत्याग्ने हो भने सुनसरी कोरोना संक्रमणको इपि सेन्टर बन्नेमा दुईमत छैन ।

लकडाउन उल्लंघन गरेर हिड्दैमा सामाजिक मान प्रतिष्ठा बढेको ठान्नु,आफ्नो प्रहरी प्रशासनमा पहुँच भएको देखाउन खोज्नु आफुलाई मात्र नभई आफ्नो परिवार,छिमेकी र समाजलाई समेत जोखिममा लैजानु भएकाले सबै नागरिकहरुले लकडाउन हाम्रै सुरक्षाका लागि हो भन्ने बुझी यसको कडाईका साथ पालना गर्न जरुरी छ ।

स्थानीय तह र प्रशासनले समेत जारी लकडाउन कडाईका साथ कार्यान्वयन गर्दै अटेर गर्ने जो कोही भए पनि कारबाहिको दायरामा ल्याउन सकेको खण्डमा लकडाउन पुर्ण कार्यान्वयन भइ संक्रमणको जोखिम कम हुन्छ अन्यथा नाम मात्रैको लकडाउनले कोरोना नियन्त्रणमा कुनै फरक नपार्ने प्रष्ट छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved