राजनीति सँगै ब्यापारमा जम्दै नेकपा नेता चुडाल

  • प्रकाशित मितिः श्रावण २४, २०७७
  • ६८८ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । हरेक बिहानले दिनको सङ्केत गर्छ । कलेज पढ्न जाने, जागिर खाने कुरामा मात्रै सीमित छैनन् युवा । सुनसरीको इटहरीका मदन चुडाल व्यापार व्यवसाय सँगै राजनीतिमा चम्कँदै छन् । सानो उमेरमै राजनीति सँगै सामाजिक क्षेत्रमा अगुवाइ गरिराखेका उनी अहिले उद्योग व्यापारमा लागेका छन् ।

इटहरी र नेपाली किसानको गोठमा उत्पादन भएको गाईको दूधलाई खपत गरी गुणस्तरीय स्वदेशी उत्पादन गर्ने उद्देश्य बनाएर रिलायबल फुड एन्ड बेभरेङले रिलायबल चक्र र किम्मु ब्रान्डको नाममा बदाम ड्रीङक उत्पादन गरिरहेको छन् ।

नेपालमा एनर्जी ड्रिङ्कको मागलाई पूर्ति गर्ने उद्देश्यका साथ स्वदेशमा दिनहुँ उत्पादन हुने गाइको दूधलाई प्रयोगमा ल्याएर सञ्चालन गरेको कम्पनीका सञ्चालक चुडाल बताउँछन । किसानलाई उत्पादनसँग जोड्दै स्वदेशी लगानीमा नेपालमै पहिलो पटक रिलायबल फुड एन्ड बेभरेजलले बदाम ड्रिङ्क उत्पादन गरेको हो ।

कम्पनीले स्वदेशी उत्पादन, किसानको सान, शुद्ध गाईको दूध, गुणस्तरीय बदाम लाई मुख्य स्लो गन बनाएर नेपाल भरी आफ्नो उत्पादन विक्री वितरण गरिरहेको चुडाल बताउँछन । किसानहरूलाई लक्षित गरी उद्योग सञ्चालनमा ल्याएको उनी बताउँछन ।

दूध र बदामको सम्मिश्रण बाट तयार हुने रिलायबल चक्र बदाम ड्रिङ्कको सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमताको विकास हुने भएकाले यसको सेवन सबै वर्गका मानिसले गर्दा हुने कम्पनीका सञ्चालक चुडालले बताए । कोरोना महामारीको बेला धेरै मानिसहरू कोभिड १९ सँग जुध्नु परेको अवस्था छ ।

यस्तो बेला झन् रोक प्रतिरोधात्मक क्षमता अधिकतम आवश्यक हुन्छ उनी भन्छन् । यस्तो अवस्थामा बदाम ड्रिङ्क सेवन गर्नाले रोक प्रतिरोधात्मक क्षमताको वृद्धि हुने भएकाले यसको सेवन गर्नु फाइदा जनक छ । यसको सेवनले स्वास्थ्य लाभ लिन सक्ने कुरा विज्ञहरूले बताएको चुडालको भनाइ छ । छोटो समयमा बेग्लै पहिचान बनाउन सफल रिलायबल चक्र बदाम ड्रिङ्कको दैनिक उपभोक्ताहरू बढ्दो क्रममा रहेको कम्पनीको दाबी छ ।

नेपालको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जागरणमा पाइला चाल्ने उनी बताउँछन् । अशोक शाह सँग पाट्नरमा व्यवसाय थालेका उनीहरू अहिले व्यवसायमै रमाउन थालेका छन् । प्रगति आफूले हात नहाली हुने कुरा हैन ।

त्यसमा पनि असल साथी महत्त्वपूर्ण हुने उनको अनुभव छ । उही साथी सँग मिलेर अहिले १ सय भन्दा बढी कर्मचारीहरूले रोजगार पाएका छन् । इन्पुटको काममा लागेर व्यापारमा जमेका यी दुई जना अहिले अहिले उद्योगी भएका छन् ।

जुन मेहेनतको प्रतिफल हो । म मात्र हैन युवाहरूले राजनीति सँगै व्यवसायमा गर्नु पर्छ । मैले केही दिन नसके पनि जनतालाई, काम गर्न इच्छुक युवा साथीहरूलाई प्रेरणा दिइरहेको छु । अनुभव साटिरहेको छु त्यो पनि ठुलो कुरो हो जस्तो लाग्छ ।

राजनीतिमा पनि अगाडी

लामो समय विद्यार्थी राजनीति गरेर आएका चुडाल अहिले नेकपा सुनसरी सचिवालय सदस्य समेत हुन । तर राजनीति गर्न व्यापार अपरिहार्य रहेको भन्दै चुडाल अहिले व्यवसायमा लागेका छन् ।

चुडाल युवा तथा खेलकुद विभाग सुनसरी को संयोजक समेत हुनु । नेपाल कम्युनिस्ट पाटीका युवा नेता तथा सफल सगरमाथा आरोही गरेका चुडालले नेपाल कम्युनिस्ट पाटीको झन्डा २०६९ सालमा सर्वोच्च शिखर सगरमाथामा फहराएका थिए ।

२०६९ सालमा जेठ १३ गते तत्कालिन एकीकृत माओवादी केन्द्रका नेता कृष्ण केसी , प्रकाश दाहाल , युवराज दुलाल , सरल सहयात्री , विना मगर , शिवकुमार डाँगी , महेश्वर फुयाँल र मदन चुडाल सहितको टिमले सगरमाथा आरोहण गरेका थिए ।

जस मध्ये सुनसरीबाट शिवकुमार डाँगी र मदन चुडालले सगरमाथाको शिखरमा पुगेर कम्युनिस्ट पाटीको झन्डा फहराएका थिए । चुडाल पूर्व माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष समेतको जिम्मेवारी बहन गरेका उनले सगरमाथामा नेपालको राष्ट्रिय झन्डा, कम्युनिस्ट पाटीको झन्डा र आफूले नेतृत्व गरेको विद्यार्थी सङ्गठनको झन्डा समेत फहराएका थिए ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved