इटहरीका चिया ‘जक्सन’ सुनसान

  • प्रकाशित मितिः भदौ १, २०७७
  • १५७० पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । जब तपाईं कुनै आफन्त काहाँ पाहुना लाग्नुहुन्छ, तात्तातो चियाले तपाईंको स्वागत गर्नेछन् । जब तपाईं बिहान उठ्नुहुन्छ, एक कप चियाबाट आफ्नो दैनिकी सुरु गर्नुहुनेछ । जब कुनै साथीले तपाईंलाई भेटघाट वा भलाकुसारीका लागि आमन्त्रण गर्नेछन्, ‘आज यसो बसेर एक कप चिया पिउनु प¥यो’ भन्छन् ।  

जब तपाईं कुनै कुराले फुरुंग हुनुहुनेछ, एक कप चियामा खुसी साट्न मन लाग्छ । जब तपाईंलाई दिक्क लाग्दो क्षण गुजार्नु पर्ने हुन्छ, एक कप चियाले ज्यानलाई फुर्ति बनाउने प्रयास गर्नुहुन्छ । चियासँग हाम्रो समाज यसरी अभिन्न रुपमा जोडिएको छ ।

सोमबार सुनसरीका अग्रज पत्रकार तथा एभिन्युज टेलिभिजनका प्रदेश प्रमुख सचिन पोखरेल साथीको घरमा चिया खादै भन्दै थिए आज रातो र सेतो दुबै चिया खाईयो । चिया खानु र गफिनुको बेग्लै मज्जा पनि छ । चियाका पारखी पोखरेल कोरोना नहुदा साथीभाईहरु सँग चिया पसलमा केहि समय गफिने गर्थे । उनी चिया पसलमा जानेको कुरा सिकाउँने र नजानेको कुरा सिक्ने प्रत्यत्न गर्छन ।

इटहरी तथा आसपासको ठाउँमा चिया खाने आ–आफ्ना ‘जक्सन’ छन्। चियालाई माध्यम बनाएका राजनीतिक, समाजिक, साहित्यिक, सास्कृतिक छलफल तथा स्थानीय सवालका विषयमा टिप्पणी हुने गथ्र्यो। ‘चिया खान भेटेर सल्लाह गरौन’ शैलीका चियासँग गासिएका सवालहरु प्रसस्त भेटिन्छन्।

तर ‘लकडाउन’ पछि चियापसलहरु खुलेका छैनन्। चियाका पारखीहरु पनि घर तथा डेरामै बसेका छन्। तन्नेरीदेखि पाका उमेर समूहकाहरु चिया शौखिन छन्। विहान, दिउँसो, साझ चिया खान भेला आ–आफ्नै समूह छन्। साहित्यकर्मी, राजनीतिज्ञ, युवा, पत्रकार लगायतको चिया टिम छ।

इटहरीका युवा समाजसेवी विजय केसी भन्छन् चिया बन्द हुदा दैनिक जमघट हुने साथीहरु सँग भेट नभएको बताउँछन । कोरोनाका कारण चिया जक्छन्हरु सुनासान छन । ‘आफूलाई लागका कुरा सुनाउने, अरुको सुन्ने तथा अरुका कामले आफूलाई पनि जागर चल्ने गर्छ’ उनी भन्छन् ‘चिया पिउन दैनिक भेटिने साथीहरुसँग यतिबेला फोनमा भेटिरहेका छौँ।’ सामाजिक सञ्जालमा भेटिएका छन उनी भन्छन् ।

इटहरीमा विभिन्न चिया पसल चर्चित छन्। चिया पिउन समूहले आ–आफ्नो चिया अड्डा बनाएको देखिन्छ । चिया एउटा माध्यम हो । इटहरीका सामाजिक अगुवा तथा इटहरीका चर्चित क्याफे फलैचाका सञ्चालक दिब्य गुरुङ भन्छन् साथीहरु सँगको भेटघाट पातलिएको छ । क्याफे तथा चिया पसलहरु बन्द हुदा अहिले दैनिक राजनीतिक गफमा गफिनेहरु घरमै बसिरहेका छन ।

‘चिया खान भेटौँन भनेर विभिन्न विषयको ज्ञान आदान प्रदान तथा धारणा साट्ने गरिन्छ’ तर बन्द हुदा सधै भेट्ने साथीहरु सँग भेटघाट हुन छोडेको बताउँछन इटहरीका युवा अभियान्ता मदन चुडाल । चुडाल भन्छन् आफ्नै सर्कलका साथीभाईहरुसँग चिया बहसमा फरक फरक धारण सुन्न पाउने उनको भनाई छ। अहिले साथीभाईहरु सँग जुममा गफगाफ र परिवार सँग रमाईलो गरिरहेको बताउँछन । सचेत हुदै कोरोना जितेर अगाडी बढ्नु पर्छ जस्तो लाग्न थाल्यो उनी थप्छन् ।

इटहरीको ड्राईभिङ सेन्टर भित्र,नगरपालिका अगाडीको कोप्चामा ,थपनीको चिया पसल,रायमाझी होटल, हिरा होटल जनता स्कुल अगाडीको चिया पसलमा युवा देखि बुढेस्काल लागेकाहरु गफिने गर्थे । दुध चिया, कालो चिया, ग्रिन टी, गोल्डेन टी ,मड्का चिया लगायका विभिन्न प्रकारका सौखिनहरु छन् ।

सहर तथा ग्रामिण क्षेत्रमा रहेका चिया पशलमा समाजिक चिन्ता तथा चासो निक्कै महत्पूर्ण हुन्छ। चिया पिउदै बहस गर्नेविषयहरु प्रसस्त हुने गरेको इटहरीका युवा विष्णु बास्तोला बताउँछन । उनी भन्छन् अहिले अधिकांस चिया पसलहरु कोरोनाको कारण बन्द हुदा बहष छलफल कम हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved