अब वराहक्षेत्रका कांग्रेस नेताहरु एक हुनुको बिकल्प छैन्

  • प्रकाशित मितिः भदौ १४, २०७७
  • ४४२ पटक पढिएको
  • संगम बिष्ट
alt

बाबुराम बिष्ट २८ वर्षको उमेरमा नेपाली कांग्रेस निकट युवक संघको २०४२ सालमै तत्कालीन महेन्द्रनगर गाउँ पञ्चायतको सभापति भएका थिए । राजनैतिक दलहरुलाई कृयाकलाप गर्न प्रतिबन्धित लगाएको त्यो समयमा युवक संघको सुनसरी नेतामा हालका केन्द्रीय उप-सभापति बिजयकुमार गच्छ्दार रहेका थिए ।

२०१४ सालमा जन्मिएका बाबुराम बिष्टले स्नातकसम्मको अध्ययन गरेका छन् । तत्कालीन सुनसरी क्षेत्र नं ५ र पछि ६ हुदा बाबुराम बिष्ट महेन्द्रनगर आसपासमा प्रभावशाली नेताको रुपमा थिए ।त्यति खेर सिङ्गो क्षेत्र तथा महेन्द्रनगरको राजनीति उनकै वरीपरी घुम्ने गरेको थियो । ९ औँ र १०औँ महाधिवेशनमा तत्कालीन क्षेत्र नं ५ सचिव , ११ औँ र १२ औँ महाधिवेशनवाट तत्कालीन क्षेत्र नं ६ को सभापतिमा सर्वसम्मतलीले निर्वाचित बिष्ट अहिले पनि राजनीतिमा उत्तिकै सक्रिय छन् ।

अहिले देशैभर नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको माहौँल बनिरहेको छ। ०७४ सालमा सम्पन स्थानीय तहवाट निर्वाचित जनप्रतिनिधिको कामको पनि समीक्षा सुरु हुन थालेको छ । भने केन्द्र , प्रदेश , जिल्ला , क्षेत्र , नगर ,गाऊ र वडाहरुमा समेत नेपाली कांग्रेसको महान पर्व महाधिवेशनले सवै तह र तप्काका कार्यक्रताहरुलाई सक्रिय बनाएको छ ।

०७३ सालमा बनेको वराहक्षेत्र नगरपालिकामा ०७४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसवाट मेयरको प्रत्यासि बनेर बिष्टले पराजय बेहोर्नु पर्यो । यसै सन्दर्भ तथा वराहक्षेत्र नगरपालिकाको नेतित्व, काग्रेसको भुमिका, आगमि अधिवेशवाट नगर, क्षेत्र , जिल्ला , प्रदेश तथा केन्द्रमा वराहक्षेत्रवाट प्रतिनित्व कस्तो हुनेछ जस्ता बिषयमा सञ्चार पार्टीले नेपाली कांग्रेसका पुराना नेता, महासमिति सदस्य तथा केन्द्रीय राज्य प्रशाशन बिभागका सदस्य बाबुराम बिष्टसंग गरेको कुराकानीको अंशः

-आज भोली के गर्दै हुनुहुन्छ ?

म अहिले पाटीकै काममा छु । पाटीको विभिन्न गतिविधिमा संलग्न हुने, कार्यकर्ता भेटघाट, नेताहरुसँग छलफलमा छु । अहिले महाधिवेशनको रौनक सुरु भइसकेको छ । सबैजना तयारीमा जुटेका छन् । म अहिले वराहक्षेत्रसंगै , क्षेत्रमा कांग्रेस एक ढिक्का बनाउने योजना सहित लागि परेको छु ।

- वराहक्षेत्रमा कांग्रेसका नेताहरु एक हुन सक्छन र ?

नेताहरु एक हुनुको बिकल्प छैन् । केन्द्र देखि स्थानीय तह सम्म रहेका कांग्रेसका नेताहरु एक भएनन् भन्ने कांग्रेसको जित कसरी हुन्छ । हामि-हामी बिच बेमेल हुदा कस्तो नतिजा आउदो रछ भनेर गएको तिनै तहको निर्वाचनको नतिजाले प्रमाणित गरि सकेको छ । म पनि गएको निर्वाचनमा मेयर पदमा आन्तरिक जालझेल भएर पराजित भए। अब भने यसलाइ पाठको रुपमा लिएर वराहक्षेत्रका १ देखि ११ वटा वडाका नेताहरु तथा क्षेत्र , जिल्लाका नेताहरु एक ढिक्का हुनै पर्छ ।

-पहिला पनि जालझेल भएर पराजित हुनुभयो भन्नु भयो, अब पनि त्यस्तै हुँदैन ?

सधैभरी सोही तालले पाटी पनि नचल्ला नि त । पछिल्लो समय नेपाली कांग्रेसले धेरै सुधार गरेको छ । अन्तर्घात, आन्तरिक गुटबन्दी जस्ता काम बिल्कुलै न्युन हुँदै गएको छ र जानू पर्छ। सामुहिक निर्णय र पाटीको नीति अनुरुप नेपाली कांग्रेस वराहक्षेत्र चल्नु पर्छ ।यहाँ रहेका जति पनि कांग्रेसका नेताहरु छौ हामी अब एक हुनैपर्छ । यदी हामी एकढिक्का हुन सकेनौ भने कांग्रेसले कहिल्यै प्रगति गर्न सक्दैन वराहक्षेत्रले पनि कहिल्यै प्रगती गर्न सक्दैन । त्यही भएर अब नेपाली कांग्रेस निरन्तर अघि बढ्छ ।

-०७४ सालमा सम्पन भएको स्थानीय तहको निर्वाचनमा तपाईं मेयर पदमा पराजित हुनु भयो । हाल नगरपालिकाको कार्यसम्पादनलाई कुन रुपमा लिनु भएको छ । ३ बर्षमा हालको वराहक्षेत्र नगरपालिकाको सरकार सफल कि असफल ?

म नेपाली कांग्रेस वराहक्षेत्र नगरपालिकाको प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भन्दा तत्कालीन नेकपा एमालेले नेतृत्व गरेको वराहक्षेत्र नगरपालिका पुर्ण रुपमा असफल छ । ३ बर्षलाई हेर्दा समानुपातिक रुपमा बिकास भएको छैन । कार्यक्रता मुखि काम भइरहेको छ । राजैतिक पुर्वाग्रहका कारण कांग्रेसले जितेको वडामा न्यून बजेट योजना परेका छन् । नगरपालिकाको केन्द्र चक्रघटिको बिकासलाई हेर्दा पनि नगरपालिका पुर्ण रुपमा असफल भएको प्रष्ट हुन्छ । कोशि पिडितलाइ मुआब्जा र सुकुम्बासीलाई त लालपुर्जा दिने कुरा त भोट लिने सुत्रको रुपमा मात्र प्रयोग भयो । काम भएन ।

- वराहक्षेत्र विकास नहुनुको कारण कम्युनिष्टको नेतृत्व नै हो त ?

वराहक्षेत्रको विकास नहुनुमा कम्युनिष्टको नेतृत्वले काम गर्न नसकेकै हो । किनकी नगरपालिका भए पछिको ३ बर्षको अगाडिको अगाडि समयलाइ हेर्दा पनि नगरपालिकामा समाहित भएका ५ गाबिसमा मधुवन बाहेकका ४ वटा गाबिसमा कम्युनिष्टको नै नेतित्व थियो त खासै बिकास भएको त जनताले महशुष गरेका छैनन् ।
उनिहरुले नेतृत्व गर्दा पनि जनतालाई खोइ के दिए त रु कोशि कटान पिडितलाइ मुआब्जा दिई हाल्छु भन्थे, सुकुम्बासीलाई लालपुर्जा दिई हाल्छु भन्दै खै दिए त रु एउटा ठुलो कलकारखाना खोले त रु त्यसकारण वराहक्षेत्र नगरपालिकाको बिकास र नगरपालिका सृमिद्र नहूको कारण कम्युनिष्ट नेतृत्व नै हो ।

- वराहक्षेत्रको बिकासको सम्भावना छ कि छैन त ?

सम्भावना त कति छ कति । वराहक्षेत्र जस्तो सम्भावना बोकेको ठाँउ त कहाँ होला र रु वराहक्षेत्र १ स्थित वराहक्षेत्र धाम , कुम्भ नगरी , सुर्यकुण्ड , श्रीलंका टपु , कोशि टपुको मात्र प्रचार गर्न सके यहाँका धेरै मानिसले रोजगारी पाउने थे । १ नम्बर वडामा उत्पादन भएका कृषि साम्रागिहरुको बिक्रीवितरण गर्न ल्याउने उचिउ प्रबन्ध ल्याएर बेच्न सक्ने बजार विस्तार गर्ने । र धार्मिक तथा प्रकृति स्थलको प्रचार गर्न संके देशकै प्रमुख पर्यटकीय नगर बन्न सक्छ । कृषि , पर्यटनको बिकास जल, जमिन र जंङ्गललाई आधार मानेर बिकासको पुर्वाआधार निर्मांण र वराहक्षेत्रवासीलाई मध्यनजर गरेर बिकासको योजना ल्याए सम्भवना छ ।

- कस्ता नेता भएनन् वराहक्षेत्रमा ?

निश्वार्थी । वराहक्षेत्रलाइ माया गर्ने,वराहक्षेत्रको विकासको भिजन भएको, दुरदृष्टि राख्न सक्ने ५ वर्षमा के गर्ने, १० वर्षमा कहाँ पुयाउने भन्ने भिजन वराहक्षेत्रका नेताहरुमा देखिदैन । केन्द्रमा पहुँच भएका नेता वराहक्षेत्रमा नहुँदा पनि धेरै समस्या भएको हो । बोल्ने तर काम नगर्ने जनप्रतिनिधिको हाबि भयो वराहक्षेत्रमा मुआब्जा र धनिपुजाको आश्वसन देखाएर मत लिने तर काम भने नगर्ने नेताले जिते वराहक्षेत्रवाट त्यसकारणले अब वराहक्षेत्रवासि झुटो आश्वस देखाउने कम्युनिस्टलाई भन्दा पनि कांग्रेसलाई जिताउनु पर्दछ । त्यसकालागि म लागि परिरहेको छु ।

- कसरी होला त वराहक्षेत्रको बिकाश

सरकारले आफ्नो काम इमान्दारीताका साथ अघि बढाउनुपर्छ र प्रतिपक्षले साथ दिन्छ। पार्टी भन्दा वराहक्षेत्रवासीलाई माथी राखेर हिड्ने नेता छान्नुपर्छ जनताले । सबैले सबैको अस्तित्वलाई स्वीकार गर्न सक्नुपर्छ । तब मात्र वराहक्षेत्र विकासमा फड्को मार्छ । अहिलेको नेतित्वले जस्तो गफ नै मात्र गर्ने काम नगर्ने अनि पछि फेरि उनिहरुले नै पैसाको बलमा जित्ने हो भने त वराहक्षेत्रको बिकास हुनु भनेको मरुभूमिमा फूल फुलाउछु भन्नु जस्तै हो ।

- ०५० साल भन्दा अघिदेखि नै महेन्द्रनगरमा बाबुराम बिष्ट एक सशक्त नेताको रुपमा रहनुभएको थियो तर विस्तारै तपाई किनारा लाग्दै जानुभयो किन ?

म किनारा लाग्दै गएको छुइन । ५० सालको जस्तै सक्रिय छु आज पनि । मैले राजनीतिको सुरुवात गर्दा म २०र२१ बर्षको थिए जब मैले २०४२ सालको युवक संघको सभापतिमा निर्वाचित भए देखि हाल सम्म कांग्रेसवाट जनताकै लागि काम गरिरहेको छु । तर २०७४ सालको निर्वाचनमा मलाई पाटीले वराहक्षेत्रको मेयर पदमा टिकट दियो म पराजित भए । तर पनि म जनता र कांग्रेसकैलागि काम गरिरहेको छु ।

- अहिले तपाई नेपाली कांग्रेसको महासमिति सदस्य तथा केन्द्रीय राज्य प्रशाशन बिभागका सदस्य हुन्नु कसरी संगठनका काम गरि रहनु भएको छ ?

पाटीको जिम्मेवारीको कुरा गर्दा म २०४२ मै युवक संघको गाउँ सभापति भएको मान्छे हुँ । त्यस पश्चात ९ औँ महाधिवेशनमा सर्व सम्बन्ध तत्कालीन पार्टी सभापति गिरिजा प्रसाद कोइरालाको निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नं ५ को सचिब भए । पछि १० औँ पुर्ण सोही क्षेत्रको सर्व सम्बत सचिव हुँदै महाधिवेशन प्रतिनिधिमा चयन भए । ११औँ महाधिवेशनवाट पछि बनेको सुनसरी क्षेत्र नं ६ को सभापति सर्वसम्मत भए । १२ औँ महाधिवेशनमा सोही पदमा सर्वसम्मत चयय भएर संगठनको बिस्तारको काम गरे । पछि १३ अौं महाधिवेशनवाट लोकप्रिय मत ल्याएर महासमिति सदस्यको रुपमा निर्वचित भए । अहिले केन्द्रीय समितिले केन्द्रीय राज्य प्रशासन बिभागको सदस्यमा चयन गरेको छु । पार्टीमा थप काम गर्न उर्जा मिलेको छ ।

- केन्द्रीय सभापति देउवा इतरका नेताहरुले भने जस्तै बिधान बिपरित गठन भएको बिभागको सदस्य बन्नु भयो । कस्तो लागि रहेको छ ?

केन्द्रले बिभाग गठन विधि सम्वतै गर्नु पर्ने हो । बिभाग गठन ढिला भएकै हो । तर पनि नहुनु गठन भए पछि अब सवैले आत्म साथ गरेर जानू पर्छ । पार्टीमा बिवाद भन्दा पनि अहिले एकताको खाचो छ।

- कांग्रेस भित्र अहिले युवालाई नेतित्व दिनु पर्छ भनेर बहस चलिरहेको छ । यसलाइ तपाईले कसरी लिनु भएको छ ?

मैले यसलाइ सकरात्मक रुपमा लिएको छु। मेरो भनाइ पनि यहि हो। अब पार्टीमा युवा जोस भएका सक्षम मान्छे नेतृत्वमा आउनु पर्छ । उमेर र सोचले पाका भएका नेताहरुलाइ सल्लाहकारको रुपमा लिएर पार्टिको नेतित्व अव युवाले नै गर्नु पर्ने पक्षमा म छु । तर युवाको जोसले मात्र पार्टी नचल्ने भएकाले पाका नेताहरुको अनुभव पनि लिनु पर्छ ।

-अब तपाईको भावि योजना के छ रु के गर्ने सोचमा हुनुहुन्छ ?

म पाटीको १३ औं महाधिवेशनमा महासमिति सदस्य भए । अब मेरो १४ औँ महाधिवेशनवाट अब मेरो भावि योजना पाटीको महाधिवेशन प्रतिनिधी, महासमिति सदस्यहुँदै केन्द्रमा जाने इच्छा छ । यसतर्फ केन्द्रीत भएको छु अहिले ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved