एस.ई.ई.२०७६ र अवको बाटोः एक विष्लेषण

  • प्रकाशित मितिः भदौ १८, २०७७
  • २४४ पटक पढिएको
  • हरि कट्टेल
alt

देश वाहिर मात्र प्रवेशिका परीक्षा दिन पाइने पद्धतीलाइ विस्थापित गरि नेपालमा नै एस.एल.सी.वोर्ड स्थापना भएपछि वि.सं.१९९० सालदेखि एस.एल.सी.परिक्षा एस.एल.सी.वोर्डमार्फत नै सुरु भएको हो । राणा शासनमा जनताको तहवाट निकै टाढा भएकोले जम्मा ३३ जनाले परीक्षा दिएर यसको सुरुवात भयो । राणा शासनको समाप्ती पस्चात देशमा वढ्दै गएको शिक्षाको लहरले एस.एल.सी.परीक्षा दिने विद्यार्थीको संख्या वढ्दै गयो भने यसको गरिमा र महत्वले पनि ठुलो स्थान लियो ।

एस.एल.सी.परीक्षाको महत्वले यसरि आकार लियो कि यो परीक्षामा सफलता प्राप्त नभएसम्म अगाडि अध्ययन गर्ने ढोका नै वन्द हुने, यस अगि १० वर्ष गरेको अध्ययनको कुनै काम नहुने र यसलाई फलामे ढोकाको रुपमा लिइयो जसविना व्यक्तिको ज्ञान र सीपको कुनै काम छैन ।

एस.एल.सी ले.कुनै एक विद्यार्थीको जीवनमा यसरी जरा गाड्यो कि यो कि त सवैभन्दा महत्वपुर्ण अवसर या त सवैभन्दा निकृष्ठ नतिजाको रुपमा रहनेछ । यद्यपि यसले पनि वि.सं.१९९० देखि आजका दिनसम्म आइपुग्दा यसले निकै आरोह र अवरोहहरु भोगेको छ । सुरु सालकै परीक्षा विचमै भू कम्प आएका कारण केहि दिन रोकिएर समापन भएको थियो भने कहिले एकै सालमा दुइ परीक्षा सञ्चालन भएका त कुनै वर्ष परीक्षा नै नभएको इतिहाँस रहेको छ र यो वर्ष कोरोनाका कारण आन्तरिक मुल्यांकनवाट नै विद्यार्थीहरुको श्रेणी निर्धारण गरिएको छ ।

एस.एल.सी. परीक्षा १९९० वाट २०७० सम्म आइपुग्दा एस.इ.इ. मा परिणत भयो । नाममात्र परीवर्तन नभइ यसले श्रेणी पद्धती, यसको देखिएको महत्व तथा भारमा पनि परिवर्तन ल्याइदियो । अर्थात अंकलाइ अक्षरमा अभिव्यक्त गरियो, अक्षरांकन पद्धतीको थालनी गरियो । यो पद्धतीको सुरुवात सँगै अंकलाइ हेरेर मर्नु पर्ने, हेयमा वस्नु पर्ने या घमण्डी वन्नुपर्ने स्थीतिमा परिवर्तन आयो । यद्यपी समाज र समाजका अवयवहरुको सोचमा पुरै परिवर्तन भने भएन । तर अहिले आएको विषम परिस्थितीले भने आफुलाइ पढाका विद्यार्थीलाइ स्वयमः शिक्षकहरुले नै मूल्यांकन गनुपर्ने अन्तर्राष्टिय प्रचलनलाइ पछयाउन वाध्य भइयो । यो सँगै पुरानो प्रवेशिका परीक्षा प्रतिको सोचलाइ हटाउन सघाउ पुयायो ।

समाज परिवर्तनको विषय निकै चुनौतीपुर्ण र लामो प्रक्रिया रहेछ । एस.ई.ई.२०७६ को नतिजाले पनि यसलाइ प्रष्ट पारेको छ । यो नतिजा प्रकाशन पस्चात शिक्षा विद लगायत समाजमा नै एउटा तरंग ल्याइदिएको छ । पोहोर सालतिर ए प्लस ग्रेड निकै कम परीक्षार्थीको आएको र यस पटक असाध्यै धेरैको आएको भनेर यो परीक्षाको अवमूल्यन गरिएको तर्क सुन्न पाइएको छ ।

विद्यालय शिक्षा भनेको सामान्यतया १५।१६ वर्ष मुनिका वालवालिकाहरुको शिक्षा हो । नेपालको शिक्षा प्रणालीमा कक्षा ८ को स्थानीय तह स्तरीय, १० को प्रदेश स्तरीय र १२ को राष्टिय स्तरीय परीक्षा सञ्चालन हुने यो प्रणालीमा कक्षा १० को परीक्षालाइ आन्तरिक रुपमा विद्यालयले नै गर्ने र श्रेणी विभाजन समेत त्यहि आन्तरिक मूल्यांकनवाट नै हुनु सान्दर्भिक छ ।


नेपालको विद्यालय शिक्षा कक्षा १२ सम्मलाइ लिइन्छ । कक्षा १२ विद्यालय शिक्षाको अन्तिम परीक्षा हो । जुन परीक्षा राष्टिय परीक्षा वोर्डवाट सञ्चालन हुन्छ । यस पटक आन्तरिक मूल्यांकनवाट सफलता प्राप्त गरेका एस.इ.इ. विद्यार्थीहरुले अवको २ वर्षपछि कक्षा १२ को परीक्षामा सहभागि हुनुपर्नेछ र उनीहरुलाइ त्यहाँ क्षमता देखाउने अवसर प्राप्त हुन्छ ।

१० वर्ष सम्म विद्यालय शिक्षा लिएका विद्यार्थीहरुको मूल्यांकन कुनै वाहिरी मुल्यांकनकर्ताले भन्दा उनीहरुकै शिक्षकले वस्तुनिष्ठ र विस्वसनिय रुपवाट गर्न सक्दछ । वरु अध्ययन गरेको विद्यालय वाहिर र निकै ठुलो तनाव र दवावले परीक्षार्थीको मानसिकतामा असर पर्दछ र वस्तुनिष्ठ तथा विस्वसनिय नतिजा आउने सम्भावना कम हुन्छ । यसरि हेर्दा आन्तरिक मूल्यांकन नै सदाका लागि सहि देखिन्छ ।

घर नजिकैको विद्यालयमा अध्ययनरत विद्यार्थीलाइ कुनै अर्को अमुक विद्यालयमा भाँडा, लुगा, कपडा, ओड्ने ओछ्याउने, पुस्तकहरु वोकेर परीक्षा समयकै लागि मात्र राख्नु र उनीहरुको प्राकृतीक स्फुर्ती र उत्साहलाइ नै कमजोर पारेर परीक्षा लिएर त्यस अनुसार नतिजा प्रदान गर्ने कार्य गलत नै थियो र यो वर्षको एस.इ.इ.ले एउटा मार्गदर्शन समेत प्रदान गरेको छ कि अव आउदो वर्षदेखिको कक्षा १० को परिक्षालाइ आन्तरिक मूल्यांकन कै आधारमा समापन गर्नुपर्ने र त्यहि नै वैज्ञानिक हुने कुरा सिद्ध गरिदिएको छ ।

यस पटक जुन वेला र समयमा एस.इ.इ. परीक्षा स्थगनको निर्णय राज्यले गयो त्यो अत्यन्त गलत थियो । विद्यार्थीहरु आफ्नो झोला, पुस्तक तथा अत्यावस्यक सामग्रीहरु वोकेर परीक्षा केन्द्रमा पुगिसकेपछि निर्णय लिइयो । अझ आन्तरिक रुपमा नै मूल्यांकन गर्ने कि फेरि माहामारि रोकिएपछि पुनः सञ्चालन गरेर नै नतिजा प्रकाशन गर्ने भन्नेमा पनि निकै ठुलो समय लिइयो । माहामारिले लामो समय लिने ठहर भएपछि र अव परीक्षा सञ्चालन गर्न उपयुक्त हुदैन भन्ने लागेपछि मात्र आन्तरिक मूल्यांकनलाइ आधार मानिने भन्ने निर्णय गरियो ।

सहि निर्णय त यो हुन्थ्यो कि अलि अगाडि नै वस्तुस्थितिको आँकलन गरेर निर्णय लिइनुपर्ने थियो र सँग सँगै आन्तरिक मूल्यांकनलाइ नै आधार मानिने कुरा प्रष्ट गरिनुपर्ने थियो । यद्यपी माहामारीले नै भए पनि आउँदा दिनको लागि शिक्षा निति निर्मातालाइ सोच्न वाध्य वनाएको छ र निर्णय लिन सहज वनाइदिएको छ । अर्थात आगामि शैक्षिक सत्रवाट आन्तरिक मूल्यांकनलाइ आधार मानिने निर्णय हुन सक्ने सम्भावना वढाएको छ । यो नै राज्य, अभिभावक र विद्यार्थीको लागि हितकारी हुनेछ ।

विद्यालय शिक्षा मात्र होइन विश्वविद्यालयको शिक्षा समेत आन्तरिक रुपमा नै मूल्यांकन गरिने संसारभरको प्रचलन समेत रहेको छ । नेपालमै समेत त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहमा झण्डै आधा मूल्यांकन आन्तरिक रुपमा नै हुन्छ भने अन्य विश्वविद्यालयहरुले समेत यो प्रचलन अंगिगार गरिसकेका छन् ।

विभिन्न कालखण्डमा आरोह अवरोह झेलेको प्रवेशिका परीक्षाले फेरि अर्को पद्धतीको विधि स्थापित गर्ने वाटो समातेको छ । यहि विधिलाइ नीतिगत रुपमा लिपिवद्ध गरेर अहिले भएका विद्यालयहरुको संस्थागत क्षमता वृद्धि गर्दै विद्यालयहरुको आन्तरिक सक्षमतालाइ समेत वढोतरि गरेर अगाडि वढि राज्य आँफैले नियुक्त गरेका शिक्षकलाइ सम्मान गर्दै विद्यालय शिक्षा कक्षा १० को परीक्षा पद्धतीलाइ विद्यालय स्वयमको जिम्मा दिनु नै उपयुक्त हुन्छ र यो नै राज्य र विद्यार्थीको हितमा छ । यसैलाइ अंगिकार गर्नु सवैको हित हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved