बच्चाले सिक्का, गुच्चा, साना ब्याट्री निलेमा यसो गर्नुहोस्

  • प्रकाशित मितिः भदौ २०, २०७७
  • १७१ पटक पढिएको
  • सञ्चारपाटी
alt

चकचके बच्चाहरूले सिक्का, गुच्चा, साना ब्याट्री लगायत अन्य धारिलो बस्तु निल्ने गर्दछन् । गुच्चा गोलो प्रकृतिको हुने भएकाले गुच्चा निलेमा पेट, आन्द्रा हुँदै दिसाबाट बाहिर निस्किन्छ ।

खानेनलीमा सिक्का अड्कियो भने तुरुन्त निकाल्नुपर्छ । पेटको भागमा बसिरहेर अरु लक्षण देखिको छैन भने ४ हप्ता कुर्न सकिन्छ । सिक्काको आकार ठूलो भएमा वा अन्य तिखो्धारिलो बस्तु भएमा तुरुन्त निकाल्नु पर्छ । तर सिक्का आन्द्रामा पुगिसकेको छ भने चाँहि जोखिम कम हुँदै जान्छ ।

बालबालिकाले ब्याट्रीहरू निल्नु सबैभन्दा खतरा मानिन्छ । खेलौना र टिभीको रिमोटमा हुने साना ब्याट्री निलेमा त्यसमा भएको केमिकल बाहिर आउछ । त्यसले खानेनली फुटाउने र वरपरका अन्य अंगमा पनि असर गर्ने भएकाले ४ घण्टाभित्र निकालि सक्नुपर्छ ।

कहिलेकाही बालबालिकाले एसिड निल्न सक्छन् । त्यसको सामान्य असरस्वरुप बान्ता हुने गर्दछ । बान्तामात्र हुने भएकाले अभिभावकहरूले निको भएको ठानेर उपचार गर्दैनन् । एसिडले कालान्तरमा पनि असर देखिने भएकाले बच्चालाई ढिलो नगरी अस्पताल पुर्‍याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved