अभिनेत्री निरिषा बस्नेत भारतीय टेलिश्रृङ्खलामा

  • प्रकाशित मितिः भदौ २१, २०७७
  • १५५ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / नेपाली अभिनेत्री निरिषा बस्नेत भारतीय टेलिश्रृङ्खला ‘तेनाली रामा’ मा अभिनय गर्ने भएकी छिन्।

‘तेनाली रामा’ नामक हाँस्य टेलिश्रृङ्खलामा उनी चिनियाँ नागरिक‘‘मोउ’को भूमिका निर्वाह गर्नेछिन्। उनी अभिनित अङ्कको प्रोमो सार्वजनिक भएको छ। जसमा निरिषा चीनको सांस्कृतिक पहिरनमा प्रस्तुत छिन्।

निरिषाले इन्स्टाग्राममा एक तस्विरसहित नयाँ भारतीय प्रोजेक्ट बारे जानकारी दिएकि हुन्। सोमवार र शुक्रवार सोनी सबबाट प्रशारण हुँदै आएको टेलिश्रृङ्खला तेलुगु कवि तेनाली रामाकृष्णको जीवनकथामा आधारित छ।

भारतीय टिभी अभिनयमा निरिषाको यो पहिलो काम भने होइन। यसअघि उनले ‘चन्द्र नन्दिनी’मा पनि काम गरेकी थिइन्। उनले नेपाली फिल्म ‘जानी नजानी’मा काम गरेकी थिइन्। हाल उनी मुम्बईमा नै बस्दै आएकी छिन्।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved