कलाकार जयप्रकाश रेड्डीको निधन

  • प्रकाशित मितिः भदौ २३, २०७७
  • २५८ पटक पढिएको
  • सञ्चारपाटी
alt

दक्षिण भारतीय (तेलगू) चलचित्रका चर्चित कलाका जयप्रकाश रेड्डीको निधन भएको छ। मंगलबार ७४ वर्षको उमेरमा आन्द्रप्रदेशको गुन्टुरस्थित आफ्नै निवासमा निधन भएको हो।

उनको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनी दक्षिण भारतीय चलचित्र क्षेत्रका चर्चित हास्यकलाकारका रुपमा परिचित छन्। केही फिल्ममा उनले खलपात्रको भूमिका पनि निर्वाह गरेका छन्।

रेड्डीले फिल्म ‘ब्रह्मपुत्रुडु’ बाट सन् १९८८ मा फिल्मी करियर सुरुवात गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved