‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको निधन

  • प्रकाशित मितिः भदौ २४, २०७७
  • २५३ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / चलचित्र ‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको निधन भएको छ । मंगलबार राति मेट्रो हस्पिटल महाराजगंजमा उनको निधन भएको हो ।

लिभरमा समस्या भएका छेतेन २ दिनअघि हस्पिटल भर्ना भएका थिए । उपचारको क्रममा नै उनको निधन भएको ‘प्रेम गीत’ निर्माता सन्तोष सेनले जानकारी दिए । सन्तोषका अनुसार बिहीबार छेतनको अन्तेष्टि गरिने छ ।

‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता सफल चलचित्र लेखेका छेतनले ‘डम्बरुको डन्डिबियो’बाट निर्देशन शुरू गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved