पार्टी संगठन र ब्यवस्थापनको सन्दर्भमा नेपाली कांग्रेस

  • प्रकाशित मितिः भदौ २६, २०७७
  • २१८ पटक पढिएको
  • कोविदजङ्ग कार्की
alt

नेपाली कांग्रेसको वा कुनै पनि राजनैतिक दलको संगठनात्मक आधरशिला भनेको आवद्ध सदस्यहरु नै हुन,सदस्यहरुको निस्ठापुर्ण क्रियाशिलता,आफ्नो पार्टी प्रतिको अटुट आस्था र कर्तब्य-परायणतानै राजनितिक दलको सामर्थ्य हो |

योग्य र इमानदार सदस्यको समर्पणको जगमा नै पार्टीको राजनीतिक इमारत खडा भएको हुन्छ |पुराना सदस्यहरुको योगदान र अनिभब संगसंगै नया सदस्यहरुको आगमन र क्रियासिलताले पार्टीलाई सधैभरी जिवन्त र गतिशिल तुल्याइराख्छ | बहुदलीय ब्यबस्थामा मुख्य कुरा दलको प्रतिस्पर्धात्मक क्षमता हो |

यसका लागि दलका सदस्यहरुको निष्ठा,योग्यता र क्रियासिलता सबैभन्दा महत्त्वपूर्ण तत्व हो,दलका सदस्यहरुको इमान्दारिता,उमेर समूह,योग्यता र छवि हेरेर नै जनताले आफ्नो अभिमत प्रकट गर्ने गर्दछन,नेपालको राजनितिमा अरु दल भन्दा परिपक्व छौ र हाम्रा मतदाताको औसत उमेर समूह पनि उच्च छ |

यता आएर हामिले जनताको थप समर्थन प्राप्त गर्ने दिशामा क्रियाशिल हुन आवस्यक छ तसर्थ हामिले नया सदस्यका लागि पार्टीको ढोका खुल्ला राख्नु पर्दछ नया सदस्य भनेका नदिको त्यस्तो मुहान हो जो कहिले पनि सुक्नु हुदैन हाम्रा पुराना सदस्यहरुको आत्मासम्मान र योगदानको अबमुल्यन नहुने गरि नया सदस्यहरुलाइ ठुलो संख्यामा पार्टी भित्र समाहित गराउनु पर्दछ | 

केवल समाहित गर्ने मात्र होइन उनिहरुको उचित ब्यबस्थापन र भबिस्यको सुनिस्चितताका आधारमा पनि प्रस्तुत गर्नु पर्दछ हाम्रो पार्टी संगठनको आधार तह (टोल,वडा,गाउँ,नगर)लाई सुदृढ बनाउनका लागि आजको प्रमुख आवश्यकतानै हो यसैले समग्र साङठानिक संरचनामा नया आधार प्रदान गरि नव जागरण पैदा मात्र होइन पार्टी संगठनमा देखिएको सुस्तताको अन्त्य गरि गतिशीलता समेत ल्याउन जरुरी छ |                             

  नेपाली कांग्रेसकि संगठन भित्रको गतिशीलता कस्तो छ भन्ने कुरा बुझ्न जरुरी छ | २०४६ साल पछिको खुल्ला राजनितीमा पार्टी कसरी चलायमान बनाउने भन्नेमा हामी प्रस्टहुन नसकेकै हो ! २०४६ सालको परिवर्तन पछिका दिनहरुमा नेपाली कांग्रेस संगको लामो संघर्षबाट जनबिश्वास आर्जन गर्नु भएका अति सम्मानित नेताज्युहरुको समूह थियो | 

त्याग,संघर्ष र समर्पणभाबले ओत्प्रोत कार्यकर्ताको ठूलो पंक्ति थियो पार्टीको पूंजीको अगाडि नेताहरु बिचको द्वन्द र गुटबन्दी,सिमित ब्यबस्थापकिय कौशल आदि सबै गौण देखिए यस्तो अबस्थामा पार्टीले शानदार ढङ्गले चुनाब पनि जित्यो परिवर्तनको नेतृत्व गरेर आएका पार्टीले थुप्रै देशहरुमा यस्तै पूंजीको बलमा मतदाता थप्दै एक पछि अर्को निर्वाचन जित्दै आएका छ्न |  

उदाहरणको रुपमा दक्षिण अफ्रिकाको अफृकन नेसनल कांग्रेसलाई लिन सक्छौ तर नेपाली कांग्रेसको मुख्य नेताहरु बिचको तोतो झगडा र सत्ताकेन्द्रित द्वन्द्वले गर्दा जनबिस्वास आर्जन गरेको नेतृत्वको electroral benefit को अबधी हाम्रो सन्दर्भमा अत्यन्त छोटो रहयो मध्यावधी निर्बाचन संगै भित्रिएका आन्तरिक द्वन्द्व अर्को बिडम्बना बन्यो |

जनबिस्वास आर्जन गरेको नेतृत्वको हनता माथिको चमत्कारिक प्रभावको चरण सकिदा हुने छ्यतीलाई पुर्ती गर्ने उपाय भनेको सङगठन ब्यबस्थापन हो यहाँ ब्यवस्थापनको परिभाषा भित्र नेताहरुको ब्रान्डिङ देखि पार्टीको ब्रान्डिङ सम्म पार्टीको सदस्यता सुधार र बिस्तारको नबिनता देखि संगठन भित्रको द्वन्द्वको निदान सम्म गर्दछ |  यस्तो कुरामा अब्बलताबाट पनि कतिपय पार्टीले अदभूत रुपमा आफ्नो मतदाता थपेको देखिन्छ यस्तो एउटा उदाहरण भारतिय जनता पार्टीलाई लिन सकिन्छ तर यस्तो कुनै पनि विषयमा चासो नभए पछि नया मतदाता थपिने कुरा त रोकिने नै भयो !   

 २०४६ साल पछी व्यापक हुँदै गएको पहिचान र समानताको आवाज र आन्दोलनले विभिन्न समुहको लागि पार्टी छ्नौटको एउटा महत्वपूर्ण आधार आफ्नो समुदायको उक्त पार्टीमा प्रतिनिधित्व छ भनेर हेर्नेकुरा रहयो हामिले पहिलोपटक दलितलाई महामन्त्री बनाएको,महिलालाइ मन्त्री बनाएको अनि बि.पि.कोइरालाको मन्त्रीमन्डनमा कसरी विभिन्न समिमुदायको प्रतिनिधित्व गराएको चर्चा त धेरै गर्यौ तर न तत तत समुदायबाट नेतृत्व निर्माण गर्न  सुबिचारित कुनै प्रयत्न नै भयो न्त तिनिलाइ पार्टी सदस्य बनाउने कुनै विशेष अभियान नै थालियो |   

 नेपाली कांग्रेस पार्टी कस्तो हो भन्ने भ्रमले पनि पार्टीमा नया सदस्य कुरामा प्रभाब पार्यो त ? कुनै पनि पार्टी कस्तो हो भन्ने कुरा पार्टीको सदस्यता प्राप्ति,नीति र नेतृत्वको छनौट कुन तरिकाबाट हुन्छ ,त्यसले निर्धारण गर्दछ | नेपाली कांग्रेसको सम्बन्धमा पार्टीले चाहेकाले मात्र पार्टीको सदस्यता पाउन सक्छन र यसरी पार्टीले चाहेको ब्यक्तिले नै पार्टीको नेतृत्व चुन्न पाउछ र चुनिएको नेतृत्वको समुहले मात्र पार्टीको नीति निर्धारण गर्न पाउछ पार्टीको औपचारिक आम्दानी पार्टीको सदस्यले तिर्ने लेबि नै हो |

पार्टीले कुनै पनि मौका दिदा अपबाद बाहेक पार्टी सदस्यता लिएको ब्यक्ति र अबधीलाई नै मुख्य आधार बनायो अर्थात कांग्रेस क्याडर बेस्ट पार्टी हो तर हामिले यसलाइ स्वीकारेनौ र मास बेस्ट पार्टी भन्ने नै मानी रहयौ ! मास बेस्ट पार्टी भएकोले पार्टीको नीति र नेताबाट प्रभावित भएर स्वत पार्टीमा सदस्य थपिन्छन भन्ने भ्रम हामिलाइ रहयो तर बास्तबिकता त्यस्तो थिएन ,हामिले नचाहेका र नछानेका पार्टीमा आफै छिर्न नसकुन भनेर पार्टीको मुल प्रवेश द्वारमा नै ठूलो ताल्चा लगाएर राखेका थियौ,अनि नया सदस्य र मतदाताले कसरि प्रबेश पाउने ?

गएको २७ बर्षमा बसाइ सराइ,शहरीकरण,आर्थिक गतिबिधिमा आएको परिवर्तन,राजनिती-सामाजिक चेतना यावत कुराले गर्दा समाजको अनोटमा ठूलो फेरबदल आयो,जनसन्ख्यिक बनोटमा नै ठूलो बदलाब आयो तर पार्टीली समाजको बदलाबलाइ बुझेर त्यस अनुरुपको व्यवहार गर्न नसक्दा पार्टीमा नया सदस्य थपिने कुरा रोकिने नै भयो |

नेपाली कांग्रेसको कुनै पनि पार्टी सदस्य कुनैपनी सामाजिक आन्दोलनसंग जोडिन चाहन्छ भने पार्टीको टोपी खोलेर अरु कुनै टोपी लगाएर मात्र उक्त आन्दोलनसंग जोडिने परिस्थिति यो अबधिभर  रहयो यसले गर्दा पार्टीले सामाजिक आन्दोलनको नेतृत्व गरेर ती मुद्दासंग जोडिएका नया मान्छेलाइ आकर्शित गर्ने अबसरबाट पनि हामी चुकेकै हौ यसरी गएको २७ बर्षमा नया अनुहार भित्र्याउन सकेनौ | 

अर्को तर्फ २०५२ सालमा माओवादीको हिम्सात्मक युद्ध संगै नेपाली कांग्रेसको ग्रामीण आधार छेत्रमा आक्रमण शुरु भयो| ०५५ सालतिरबाट कयौ ठाउमा एक दशक सम्म कांग्रेसको सामान्य गतिविधिमा समेत पुर्ण प्रतिबन्धको अबस्था सिर्जना भयो भएका कांग्रेसजनहरु कि शहरकेन्द्रीत हुनपर्यो कि निष्क्रिय थुप्रै युबा साथिहरु बिदेशिन बाध्य भए पार्टीको औपचारिक जिम्मेवारीमा रहेका वा नरहेका तर समाजमा अत्यन्त प्रभाबशाली पार्टीका केही मानिस छानि छानी मारिए वा लखेटिए जसले गर्दा पार्टीको मतदाता संख्या बढ्ने क्रम नराम्रो संग प्रभाबित हुन पुग्यो त्यो त्रासदिपुर्ण दशकमा सबैभन्दा कठिन काङ्ग्रेस भएर बाच्नु थियो |

०६२/०६३ को परिवर्तन पछि फेरि ती ठाउमा संगठन गर्ने अबसर त आयो तर लखेटिएका मानिसहरु फर्किएनन | हामिले के याद गरेनै भने पार्टीका कार्यक्रमहरुमा भन्दा त्यो ब्यक्तिको उपस्थितिमा हाम्रो संगठन अडिएको थियो पार्टीका कार्यक्रम त त्यो ठाउमा जान पायो तर मारिएका वा लखेटिएका ब्यक्तिका कारणले परेका भ्वाङ त्यतिकै रहयो यसै गरि बिचमा मधेसको आन्दोलन संगै कांग्रेसको परम्परागत गढको रुपमा रहेको मधेशमा कांग्रेसले थप छ्यती ब्यहोर्नु पर्यो |

यसरी कांग्रेसलाई अपुरणिय छ्यती भयो अर्को तर्फ सहि समयमा सहि निर्णय गर्न नसक्दा र सुझबुझ नपुर्‍याउदा कांग्रेसलाई मजबुत बनाउने कयौ नेता तथा कार्यकर्ता ०६२-०६३ को परिवर्तन पछि पार्टी नै छाडे त्यसरी प्रभावित भुगोल र समुदायबाट कांग्रेसका नया सदस्री थपिने क्रम रोकियो |अब यो अबस्थामा थोपा-थोपा पानीले समुन्द्र बन्छ भने झै हिजोका दिनका सबै तहका कांग्रेसिजनको कमि-कमजोरीलाई आत्मासाथ गर्दै एक-एक ब्यक्तीलाई जोडेर नै लौजानु पर्दछ | जय नेपाल    

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved