कोरोना परिक्षणको शुल्क घट्यो

  • प्रकाशित मितिः भदौ २८, २०७७
  • २२३ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / सरकारले कोरोना संक्रमण परीक्षणको शुल्क घटाएको छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर टेष्ट गरिने भएको हो ।

रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।

यसैबीच चार वटा अस्पतालमा पीसीआर जाँच गर्दा फरक फरक रिपोर्ट आएको गुनासो आएको भन्दै स्वास्थ्य मन्त्रालयले छानविन थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved