देशका विभिन्न स्थानमा मेघगर्जन र चट्टयाङसहित पानी पर्ने

  • प्रकाशित मितिः भदौ २९, २०७७
  • १३१ पटक पढिएको
  • सञ्चारपाटी
alt

आज (सोमबार) देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको छ । अहिले देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्कादेखी मध्यम पानी परिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेकोले देशका केही स्थानमा बदली भई पानी परिरहेको छ ।

आज दिउँसोपछि देशभर सामान्यतया बदली रहि केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । भने प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ मा ठुलो पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

त्यस्तै आज राती पनि प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ मा ठुलो पानी पर्ने सम्भावना रहेको छ । देशका विभिन्न स्थानमा बदली रही नदीमा पानीको बहाव बढ्ने र पहाडी क्षेत्रमा पहिरो जान सक्ने भएकोले सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved