यी रोग भएकाहरुले पिउनु हुदैन कागती पानी

  • प्रकाशित मितिः भदौ २९, २०७७
  • ४२४ पटक पढिएको
  • सञ्चारपाटी
alt

मानिसहरुले गर्मी समयमा सीतल हुन, आफ्नो तौल घटाउन तथा अल्कोहलको हुयाङ् लगाएत कमगर्नका लागी कागती पानी पिउने गर्छन् । र सो पानि पिउनाले ती समस्याहरु पनि कम हुन्छ ।

तर कतिपय ब्यक्तिहरुलाई थाहा नहुन सक्छ की कागती पानीले मानव स्वास्थ्यको लागी हानीकारक समेत गर्छ । त्यसैले यस्ता रोग भएकाहरुले भुलेर पनि पिउनु हुदैन ।

१ . मुटु सम्बन्धी रोग भएमा
यदि कसैलाई मुटु सम्बन्धी रोग छ भने कागती पानी पीउन समस्या हुन्छ । कागती पानीमा एसिडको मात्रा बढी हुन्छ ।त्यसैले यस्तो पानी बढी पिउनाले एसिडिटी बढ्ने, मुटुको जलन बढ्ने जस्ता समस्या देखिन सक्छ ।

२. दाँतमा समस्या भएमा
यदि कुनै ब्यक्तिमा दाँतमा समस्या छ, भने कागती पानी पिउदा हानीकारक हुन्छ । किनकी दाँतमा भएको इनामेललाई नष्ट गरी दाँत टुक्रिने र सेन्सिटिभिटी बढ्ने जस्ता समस्या हुन्छ ।

३ . अल्सर भएमा
यदि पेटमा अल्सर छ भने कागती पानी नापिउदा राम्रो हुन्छ । किनकि यसले पेटमा दुखाइ र जलन निम्त्याउँछ ।

४. कफ र पित्तको समस्या भएमा
यदि मानिसहरुमा कफ र पित्तको समस्या छ भने उनिहरुलाई पनि कागती पानी पिउनदा स्वास्थ्य समसस्या हसन सक्छ । किनकी कागती पानीले कफ र पित्त बढाउछ । यदि कफ र पित्तको समस्या छ भने कागती पानी नापिउदा नै उत्तम हुन्छ ।

५ . पिसाबसँग सम्बन्धित समस्या भएमा
यदि कोहि ब्यक्तिलाई पिसाबसँग सम्बन्धित समस्या छ भने उस्को लागीपनि कागती पानी पिउन हानीकारक नै हुन्छ । कागती पानीले बारम्बार पिसाब लाग्ने हुँदा त्यस्तो समस्यालाई झन् जटिल बनाउँछ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved