प्रहरी कार्यालयमा महानिरीक्षको फोटो नराखिने

  • प्रकाशित मितिः भदौ ३०, २०७७
  • ११२ पटक पढिएको
  • सञ्चारपाटी
alt

नेपाल प्रहरीमा नयाँ महानिरीक्षक (आईजीपी) आएसँगै देशभरको प्रहरी कार्यालयहरुमा फोटो झुन्डयाउने परम्पराको अन्त्य हुने भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कार्यालयहरुमा आईजीपीको फोटो झुन्ड्याउने परम्परा तोड्नुभएको छ ।

आईजीपी परिवर्तन भएसँगै परम्पराका रुपमा सबै प्रहरी कार्यालहरुमा आईजीपीको फोटो झुन्डयाउने प्रचलन रहेको थियो । तर, आईजीपी थापाले प्रहरी कार्यालयहरुमा आफ्नो फोटो झुन्ड्याउन सर्कुलर जारी नगरेसँगै फोटो झुन्डयाउने विगत लामो समयदेखिको परम्परा हटेको छ । यसअघि आईजीपीको तस्वीर उनीहरुको कार्यकालभर देशभरका प्रहरी कार्यालय प्रमुखको कोठामा राखिँदै आएको थियो ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले हरेक कार्यालयहरुमा आईजीपीको फोटो राख्न परिपत्र नभएको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘कानुनी हिसाबमा आईजीपीको फोटो राख्नुपर्छ भन्ने प्रावधान विगतमा पनि थिएन, परम्पराको हिसाबमा राखिँदै आएको थियो, यसपटक आईजीपीको फोटो राख्न भनिएको छैन् ।’ यसअघि आईजीपीको सचिवालयबाट कुन साइजको तस्वीर राख्ने भनेर परिपत्र नै जारी हुने गरेको थियो ।

त्यसै गरी आईजीपी थापा क्षेत्रीले आफ्नो सुरक्षामा खटिने पछुवा गाडीसमेत नलिने निर्णय गर्नुभएको छ ।

#नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved