आज पनि भारी वर्षा, सतर्कता अपनाउन आग्रह

  • प्रकाशित मितिः भदौ ३०, २०७७
  • १२२ पटक पढिएको
  • सञ्चारपाटी
alt

देशभर नै भारी वर्षा जारी रहँदा सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

त्यसमा पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा आगामी २४ घण्टामा निरन्तर भारी वर्षा हुने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। अन्य स्थानमा हल्कादेखि मध्यमसम्म र प्रदेश १ को झापामा भने भारी वर्षा भइरहेको छ।

महाशाखाले मंगलबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved