टिकटकजस्तै एप ल्याउँदै युट्युब

  • प्रकाशित मितिः भदौ ३०, २०७७
  • २२७ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / युट्युबले टिकटकजस्तै एउटा नयाँ एप ल्याउन लागेको छ।

युट्युबले टिकटकको नयाँ प्रतिस्पर्धाीको रुपमा भारतमा नयाँ एप परीक्षण गर्ने घोषणा गरिसकेको  जनाएको छ।

युट्युब सर्ट्स नाम दिइएको उक्त एपमा १५ सेकेन्डको भिडियो अपलोड गर्न मिल्नेछ। साथै यसका फिचर्सहरु टिकटकको जस्तै हुने बताइएको छ।

भारतले हालै टिकटकसहित ५८ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो। भारतले राष्ट्रिय सुरक्षाको लागि खतरा भन्दै चिनियाँ एप्सहरुमा प्रतिबन्ध लगाएको थियो।

यूट्यूबले भारतमा अब टिकटकको अभाव पूर्ति गर्न खोजिरहेका थुप्रै स्थानीय एप्सहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।बीबीसी

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved