अङग्रेजी शिक्षकहरुको संगठन सेटरटपको ३ दिने कार्यशाला भोली शुरु हुँदै

  • प्रकाशित मितिः भदौ ३१, २०७७
  • १३२ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी / अङग्रेजी भाषा साहित्यको अध्यापन गर्ने शिक्षकहरुको प्राज्ञिक एवं व्यवसायिक क्षमता विकासका लागि काम गर्दै आईरहेको संस्थाcentre for english teachers , research and pedagogy ( CETRAP) , NEPAL,(अङग्रेजी शिक्षकरुको अध्ययनपद्धति तथा अनुसन्धान केन्द्र (सेटरप), नेपाल) ले असोज १ गते देखि ३ गते सम्म सञ्चालन हुने At the crossroad of research, literature and pedagogy (अनुसन्धान,साहित्य र अध्ययनपद्धतिको चौबाटो) विषयेक कार्यशाला बेविनारको माध्यमबाट सञ्चालन गर्ने भएको हो ।

कोरोना कहरको विषम परिस्थितिलाई मध्यनजर गर्दै सेटरपले वेबिनार मार्फत अनुसन्धानपद्धतिका ४, साहित्य सिद्धान्त र विश्लेषणका ७, र अङग्रेजी अध्ययन पद्धतिका ४ गरी जम्मा १५ वटा कार्यपत्र प्रस्तुत हुने कार्यसुची रहेको जानकारी सेटरपका अध्यक्ष प्रा.डा राम्जी तिमल्सिना एक प्रेस विज्ञप्ती मार्फत जानकारी दिए ।

दिउसो ३ बजे देखि साँझ ६ बजे सम्म सञ्चालन हुने कार्यक्रममा २५० भन्दा बढिको सहभागिता हुने जानकारी दिदै राष्ट्रनिर्माणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट गुणवत्ता सहित गर्न जरुरी रहेको उल्लेख गर्दै सबै मिलेर सँगसगै व्यक्तिगत तथा सामुहिक विकास गर्न सकिन्छ भन्ने विश्वास र उद्देश्यमा यस कार्यक्रमले थप भुमिका खेल्नेमा सेटरप विश्वस्त रहेको जानकारी अध्यक्ष तिमल्सिनाले दिए ।

कोरोना कहरको विषम परिस्थितिमा भौतिक रुपमा भेला भई कार्यशाला आयोजा कठिन रहेको अवस्थामा समेत सेटरपले गत जेठमा वेबिनारकै माध्यमद्वारा एक अन्तर्राष्ट्रिय कार्यक्रम सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved