कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

  • प्रकाशित मितिः भदौ ३१, २०७७
  • ९४ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् ।

गत भदौ २३ गते कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्दै आएका डा. कोइरालालाई मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो ।

नेता शशांकको उपचारमा ओम अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला नेतृत्वको टोली खटिएको छ । 

डा. शशांकको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालका प्रवन्ध सन्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

पाँच वर्षअघि एस्पिरेशन न्युमोनियाका कारण अचानक अचेत हुँदा पनि डा. कोइरालाको उपचार ओम हस्पिटलको सघन उपचार कक्षमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved