हिमाल चढ्न नेपाल आइपुग्यो बहराइनका राजकुमारसहित १८ जनाको टोली

  • प्रकाशित मितिः भदौ ३१, २०७७
  • १८४ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौँ /हिमाल आरोहणका लागि बहराइनका राजपरिवार सदस्यसहित १८ जनाको टोली आज बुधबार काठमाडाैं आइपुगेको छ। मनास्लु र लोबुचे हिमाल आरोहणको लागि उनीहरु नेपाल आएका हुन्।

सो टोलीमा रहेका १८ मध्ये तीनजना बेलायती नागरिक हुन् भने बाँकी बहराइनी नागरिक हुन्। राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली वुधबार विहान ११ बजे काठमाडौँ आइपुगेको हो ।

यो टोलीलाई परराष्ट्रका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । राजकुमारको टोलीलाई एभ्रो विमानले काठमाडौँ ल्याएर बहराइन फर्किसकेको छ ।

हिमाल आहरोहणका लागि आएको टोली ६ दिन गोकर्ण फरेस्ट रिसोर्टको होटल क्वारेन्टाइनमा बस्ने छन् । त्यसपछि काठमाडौँबाट लुक्ला हेलिकप्टर र जहाजमा जानेछन् भने लोबुचे हिमालको आधार शिविरसम्म पदयात्रा गर्नेछन् ।

उनीहरु करिब २ महिना नेपाल बस्ने पर्यटन बोर्डले जनाएको छ । २ वटा हिमाल आरोहणपछि अर्को वर्ष सगरमाथा चढ्ने यस टोलीको लक्ष्य रहेको बताइएको छ । राजकुमार खलिफासँग १५ जना रोयल फोर्सका व्यक्तिहरु आएका छन् ।

राजकुमारसहितको यो टोलीको नेपालमा हिमाल आरोहणले महामारीका कारण शिथिल बनेको पर्यटनलाई मध्यपूर्वलगायत विश्वभर प्रचार हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved