सुनसरीमा ११ सहित प्रदेश १ मा ७९ जना कोरोना संक्रमित थपिए

  • प्रकाशित मितिः आश्विन ४, २०७७
  • २१८ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी / प्रदेश १ मा गएको २४ घण्टामा ७९ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा थप ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरङको कटहरीमा ५ महिला र ३ पुरुष, बुढीगंगामा ५, रंगेलीमा ४, जहदा र सुन्दरहरैचामा १–१ पुरुष, सुनसरीको दुहवीमा ३ महिला र ४ पुरुष, बर्जुमा १ महिला, स्थानीय तह नखुलेका २ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको अर्जुनधारामा ३ पुरुष, कनकाईमा १ महिला, पाँचथरको फिदिमका एक पुरुष, प्रदेश १ बाहिरका ४ महिला र २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ५७४ पुगेको छ ।

प्रदेशबाट आइतबार ३० जना डिस्चार्ज भएका छन् ।

सुनसरी बराहक्षेत्रको रमानान्द आचार्य सेवा पीठ आईसोलेसनबाट १९ जना, होम आईसोलेसनबाट ९ जना, वि।जनरल अस्पताल हरिनगरबाट १ जना र इनरुवा आईसोलेसनबाट १ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरानामुक्त भएर डिस्चार्ज हुनेको संख्या २ हजार ५३५ पुगेको छ ।

प्रदेशमा आइतबार ५ सय ५३ जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म १ लाख १५ हजार ५७६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved