डा.गोविन्द केसी आईसीयूमा भर्ना

  • प्रकाशित मितिः आश्विन ४, २०७७
  • १२४ पटक पढिएको
  • सञ्चारपाटी
alt

जुम्ला / स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि अनसनस्थलबाट डाक्टर गोविन्द केसीलाई अस्पताल पुर्‍याइएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा भर्ना गरिएका डा.केसीले जाँच गर्न नमानेको उपचारमा खटिएका डाक्टरको टोलीले निकालेको दैनिक प्रतिवेदनमा उल्लेख छ ।

उपचारमा खटिएका विशेषज्ञ डा.प्रवीण गिरी, डाक्टर धिरज गुरुङ, डाक्टर अनुप मंगल समाल र नर्स सविना थापाको हस्ताक्षरित प्रतिवेदनमा डाक्टर केसीले अस्पताल आएपछि कुनै पनि खालको जाँच गर्न नमानेको बताइएको छ ।

उनलाई असोज ३ गते राति अस्पतालमा ल्याइएको प्रतिवेदनमा जानकारी गरिएको छ । जाँच नै गर्न नदिएपछि उनको प्रतिरक्षा घट्दै गएकाले सङ्क्रमणको डर भएको, रगतमा चिनीको मात्रा अति कम भइ प्रमुख अङ्रुमा जटिल समस्या हुने डर भएको चिकित्सकको प्रतिवेदनले जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डाक्टरको पढाइसहित चिकित्सा क्षेत्रका मागहरु सरकारले पूरा गर्न भन्दै एक हप्तादेखि डा.केसी जुम्लामा अनसन बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved