प्याजको कालोबजारी गर्ने दुई व्यापारी नियन्त्रणमा

  • प्रकाशित मितिः आश्विन ४, २०७७
  • १७७ पटक पढिएको
  • सञ्चारपाटी
alt

विराटनगर / विराटनगरमा बढी मूल्यमा प्याज बिक्री वितरण गरिरहेका दुई जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले विराटनगर–९ स्थित पुरानो गुद्री बजारबाट शुक्रबार २ जना व्यापारीलाई अनुगमनका क्रममा पक्राउ गरिएको जानकारी दिएका छन् । शुक्रबार पक्राउ गरिएका दुवै जनालाई आइतबार ७ दिनको म्याद थप भएको उनले बताए ।

३८ वर्षीय संजयकुमार गुप्ता र २९ वर्षीय मुकेशकुमार सहनीले बढी मूल्यमा प्याज बिक्री गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी प्रमुख खड्काले बताए ।

केहीदिन अघिसम्म ४७ रुपैयाँ प्रतिकिलो पाउँदै आएको प्याज बजारमा कालोबजारी गरी व्यापारीहरुले १ सय रुपैयाँसम्ममा बिक्री गर्न थालेको गुनासो बढ्दै गएको छ ।

शुक्रबार पक्राउ गरिएका दुवै जनालाई आइतबार ७ दिनको म्याद थप गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved