उपत्यकामा थपिए ७६७ जना कोरोना संक्रमित

  • प्रकाशित मितिः आश्विन ४, २०७७
  • ९९ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौँ / काठमाडौँ उपत्यकामा थप ७ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ६ सय २, ललितपुरमा ६४ र भक्तपुरमा १०१ गरी उपत्यकामा ७ सय ६७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै, उपत्यकामा थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर र भक्तपुरमा एक एक जना र काठमाडौँमा एक महिलासहित ४ जना रहेका छन् ।

उपत्यकामा शनिबार ७ सय ११ जनामा संक्रमण देखिएको थियो ।

देशभर आइतबार थप १ हजार ३ सय २५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ४ सय १ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved