इटहरीका आइसोलेसनमा बस्ने संक्रमितलाई उवासंघले खाना खुवाउने

  • प्रकाशित मितिः आश्विन १४, २०७७
  • २१२ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । इटहरी रंगशालामा रहेको आइसोलेसनमा भर्ना हुने कोरोना संक्रमितहरुलाई खाना खाजा खर्च उद्योग बाणिज्य संघ इटहरीले बेहोर्ने भएको छ ।

आइसोलेसनमा बस्ने सबै संक्रमितहरुलाई खाना र खाजाको व्यवस्था गरेको उवा संघ इटहरीले जनाएको छ ।

प्रदेश सरकार र स्थानीय सरकारको पहलमा स्थापना भएको आइसोलेसनमा खाना तथा खाजाको व्यवस्था गरेको उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलले जनाए । हामीले आइसोलेसन भर्ना भएका संक्रमितहरुलाई ३ महिना सम्म खाना खुवाउने पौडेलले बताए ।

इटहरी उद्योग बाणिज्य संघ इटहरीले लकडाउनको बेला पनि इटहरीमा महत्वपूर्ण भुमिका खेलेको थियो । उद्योगी व्यापारीहरु सँगै संक्रमितहरुको लागि सहयोग गर्दै आएको छ । पछिल्लो समयमा उद्योग बाणिज्य संघ इटहरी सक्रिय बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved