६ लेन सडक आयोजना : साढे ८२ फुट क्लियर गर्न पत्राचार

  • प्रकाशित मितिः आश्विन १४, २०७७
  • ३४०५ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । निर्माणधीन विराटनगरको रानीदेखि धरान सम्मको ६ लेन सडकको चौडा कायम गर्न निर्णय भएको छ ।

सडक भित्रको संरचना तत्काल हटाउन ६ लेन सडक आयोजनाले पत्राचार गरेको हो । सडकको हाईवे क्षेत्रमा मिचेर बनाएको संरचना खाली गर्न पत्रचार गरेको हो ।

सडकको संरचना हडपेर बसेको संरचनाहरु तत्काल भत्काउ पत्रचार गरेको हो । बारम्बार अनुरोध गर्दा पनि संरचनाहरु भत्काउन नसकेको भन्दै तत्काल संरचना हटाउन आयोजनाले सुचना निकालेर आग्रह गरेको छ । ७ दिन भित्र संरचना नहटाए भत्काउन लागेको खर्च समेत क्षतीपूर्ती तिराउने बताएको छ ।

सडकको केन्द्रविन्दु देखि २५।२५ मिटर दाँया बाँया खाली गराउन पत्रचार गरेको हो । इटहरी क्षेत्रमा सडकको क्षेत्राधिकार मिचेर संरचनाहरु बनाएको भन्दै हटाउन बारम्बार ताकेता गरे पनि इटहरीका घरधनीहरुले वेवस्ता गर्दै आएका छन ।

No description available.

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved