रामधुनीमा एक सय नेकपा कार्यकर्ता काँग्रेसमा प्रवेश

  • प्रकाशित मितिः आश्विन १४, २०७७
  • ५२८ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । नेकपाका वडा देखि जिल्ला तह सम्मका १ सय कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन । नेकपामा असन्तुष्ट जनाउदै रामधुनी वडानम्बर ८ मा एक सय कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन ।

नेकपा नेता विनोद भुुजेलको नेतृत्वमा पार्टी प्रवेश भएको नेपाली काँग्रेस रामधुनीका सभापति सुदिप अधिकारीले बताए । काँग्रेसले मात्र देश विकास गर्न सक्ने भन्दै नेकपाका कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेको सभापति अधिकारीले बताए ।

कार्यकर्ताहरुलाई नेपाली काँग्रेस सुनसरीका सभापति राजीव कोईराला र सुनसरी क्षेत्रनम्बर २ का संघिय सांसद तथा पूर्व यातायात भौतिक राज्यमन्त्री सिताराम मेहेताले उनीहरुलाई अविर लगाएर पार्टी प्रवेश गराएका छन । पछिल्लो समयमा रामधुनी नगरमा काँग्रेसको सक्रियता बढेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved