इटहरीमा २१ जना कोरोना संक्रमित थपिए

  • प्रकाशित मितिः आश्विन १५, २०७७
  • ३९८ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । इटहरीमा थप २१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । असोज ११ र १२ गते गरिएको स्वाब संकलन मध्ये थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा इटहरी ४ का १ जना, ५० बर्षिय पुरुष, इटहरी ५ का १ जना, १९ बर्षिय महिला, इटहरी ७ का १ जना, ४५ बर्षिय पुरुष, इटहरी ८ का १ जना, ४१ बर्षिय महिला, इटहरी ९ का १ जना, २७ बर्षीय पुरुष, इटहरी १० का २ जना, २५ बर्षीय पुरुष र ३२ बर्षिय महिला, इटहरी १२ का ३ जना, ४२, ५८ बर्षिय पुरुष र ४५ बर्षिय महिला रहेका छन ।

त्यस्तै, विभिन्न अस्पतालमा आफैँ जाँच गरेका मध्ये इटहरी १ का १ जना, २९ बर्षिय पुरुष, इटहरी ५ का ३ जना, २९, ५५, ७२ बर्षिय पुरुष, इटहरी ८ का २ जना, ३०, ३६ बर्षिय पुरुष, इटहरी ९ का १ जना, ३७ बर्षिय महिला, इटहरी १३ का १ जना, ३१ बर्षिय महिला, इटहरी १६ का १ जना, ३३ बर्षिय पुरुष, इटहरी २० का १ जना, ७७ बर्षिय महिला, नेपाली सेना इटहरी ब्यारेकका १ जना, ३१ बर्षिय पुरुष रहेका छन ।

इटहरीका कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । इटहरीमा संक्रमण पुष्टि भएकाको संख्या ५ सय १६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved