चौविसे गाउँपालिकाको अध्यक्ष खजिन्द्र भन्छन् : गाउँले मुहार फेर्दैछ

  • प्रकाशित मितिः आश्विन २०, २०७७
  • १५९ पटक पढिएको
  • सञ्चारपाटी
alt

राजारानी । गाउँ गाउँमा सिंहदरबारको अधिकार आए सँगै पूवी पहाडी जिल्ला धनकुटामा रहेको चौविसे गाउँपालिकाले अधिकतम अधिकार प्रयोग गर्न थालेको छ । गाउँपालिकामा उदाहरणीय काम सुरु भए सँगै गाउँलेहरु मख्ख छन ।

सडक सुविधाले समेत पहुँच पुगेको चौविसे गाउँपालिकामा पछिल्लो समय उद्योगहरु खोल्ने क्रम समेत सुरु भएको छ । त्यहाँको आर्गनिक फलफूललाई लक्षित गर्दै करोडौको लगानीमा उद्योग समेत खुलेको छ । गाउँपालिकाले पनि आफ्नो पालिकालाई उत्कृष्ट बनाउन नयाँ र पृथक कामको सुरुवात गरेको गाउँपालिका अध्यक्ष खजिन्द्र राई बताउँछन ।

शिक्षामा फोकस

शैक्षिक गुणस्तरलाई बृद्धि गर्दै लैजाने उद्देश्यले धनकुटाको चौबिसे गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्रथामिकतामा राखेको छ । शिक्षकहरु समयमा विद्यालय नआउने र घर पनि छिटो फर्किने लगायतका समस्यालाई मध्यनजर गदै गाउँपालिकाले विद्यालयहरुमा नियििमत जस्तो अनुगमन गर्ने गरेको छ ।

चौबिसे गाउँपालिकाका विद्यालयमा शिक्षकहरुको मनपरी तन्त्र रोक्न इ हाजिरीको व्यवस्था केहि समय अगाडी नै गरिसकेको गाउँपालिकाको अध्यक्ष खजिन्द्र राई बताउँछन ।

३१ वटा प्राथमिक विद्यालय, ५ वटा आधारभुत विद्यालय र १० वटा माध्यमिक विद्यालय गरी ४६ वटा विद्यालय रहेको चौबिसे गाउँपालिकामा शिक्षालाई विशेष प्रथामिकतामा राखेको राई बताउँछन । विद्यालयमा शिक्षकहरु मादक पदार्थ समेत खाएर आउँने गरेको अध्यक्ष राई बताउँछन ।

विद्यालयमा मादक पदाथ खाएर आउँने २ जना शिक्षकलाई जागिरबाट बख्रास्त गरिएको छ । भने अन्य दुई शिक्षकलाई चेतावनी दिएको अध्यक्ष राईले बताए । शिक्षाको गुणस्तरमा बृद्धि गर्नुको विकल्प नरहेको उनी बताउँछन । सरकारले शिक्षामा करोडौ लगानी गरे पनि प्रतिफल खासै प्रभावकारी नभएको उनको भनाई छ । हाम्रो गाउँपालिकामा मात्र शिक्षाको लागि १३ करोड आउँछ तर प्रतिफल खासै देखिएन त्यस पछि हामी विद्यालय सुधारमा लागेका छौ उनले भने ।

जनप्रतिनिधि र शिक्षकहरुको छोरा छोरी अनिवार्य सरकारी विद्यालयमा पठाउन गाउँपालिकाले शिक्षक र जनप्रतिनिधिहरुलाई उर्दि जारी गरेको छ । आफ्नो छोरा छोरी बोडिङ पठाएर विद्यालयमा गुणस्तरीय शिक्षा दिन नसक्नेभ न्दै गाउँपालिकाले सबै शिक्षक तथा जनप्रतिनिधिहरुलाई अनिवार्य सरकारी विद्यालय पढाउन उर्दि जारी गरेको हो ।

गाउँपालिकाको उर्दि सँगै अहिले सबै जनप्रतिनिधि र शिक्षकहरुले सरकारी विद्यालयमा नै छोरा छोरी पढाउन थालेको गाउँपालिका अध्यक्ष खरिन्द्र राई बताउँछन । शिक्षकहरुलाई पनि समयमै विद्यालय आएर गुणस्तरीय पठन पाठन गर्न तालिमहरुको व्यवस्था समेत गर्दै आएको बताए । राईले भने हामी शिक्षकहरुलाई दक्ष बनाउन आवश्यक तालिमको समेत व्यवस्था गर्दै आएका छौ ।

कृषिमा केन्द्रित

धनकुटाको चौबिसे गाउँपालिकाले आफ्नो कृषकहरुलाई किवि खेतीमा आर्कषण गर्न थालेको छ । किवि खेती २ बर्षबाट नै फल्न थाल्ने भए पछि अहिले गाउँपालिकाले आफ्नो किसानहरुलाई किवि खेतीमा खनुदानको व्यवस्था गरेको छ ।

आफ्नो पालिकाको जनतालाई आर्थिक क्षेत्रमा पनि स्तरउन्नती गर्न किवि खेतीलाई प्रथामिकतामा राखेको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई बताउँछन । उनी भन्छन् हामीले किसानहरु लक्षित कार्यक्रमहरुलाई बढि प्रथामिकतामा राखेका छौ ।

गाउँपालिकामै किविको वाइन बन्ने उद्योग खोलिए सँगै त्यहाँका कृषकहरु थ्प उत्साहित भएर खेती गर्न लागेको अध्यक्ष राईको भनाई छ । अहिले उद्योगमा त्यहाँका युवायुवतीहरुले रोजगारी समेत पाएका छन ।

सबै वडामा सीसी क्यामरा

धनकुटाको चौबिसे गाउँपालिकाका सबै वडाहरुमा सीसी क्यामेरा जडान गरिएको छ । सेवा प्रवाहलाई पारदर्शी बनाउने उद्देश्यले सबै बडाहरुमा सीसी क्यामेरा जडान गएिको हो । निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले आफ्नो पालिकालाई उत्कृष्ट बनाउन कम्मर कसेर लागि परेका छन ।

गाउँपालिका कार्यालयमा रहेर वडा कार्यालयहरुले सम्पादन गर्दै आएका सेवा प्रवाहलाई सीसी क्यामेरामार्फत अनुगमन गर्न सकिने छ । सूचना र प्रविधिलाई अधिकतम प्रयोग गर्दै जनताले पाउँदै आएका सेवा प्रवाहलाई छिटोछरितो बनाउनको लागि चौबिसे गाउँपालिका अन्तर्गत रहेका आठवटै वडाहरुमा सीसी क्यामेरा जडान गरिएको छ ।

यातायात पहुँच

यस गाउँपालिकाको सबै वडामा सडक संजालको पहुँच पुगेको छ । कोशी राजमार्ग अन्तरगत भेडेटारबाट पूर्व करिव १९ किलोमिटर अवस्थित राजारानीबाट यो गाउँपालिकामा यातायातको पहुँच रहेको छ ।

यातायातको सहजता सँगै कृषकहरूले उत्पादन गरेका वस्तुहरु धरान निकासी गर्ने गरिन्छ । पछिल्लो समयमा गाउँलेहरुमा यातायातको मोह बढेको गाउँपालिका अध्यक्ष राई बताउँछन । उनी भन्छन् अहिले के के न होला भन्दै गाउँलेहरु बाटो खन्न तम्सिएको बताए । यसरी जथाभावी बाटो नखन्न आफुले गाउँलेहरुलाई आग्रह गरेको उनी बताउँछन ।

प्रमुख पर्यटकीय स्थानहरु

चौविसे गाउँपालिका पर्यटन विकासको प्रचुर सम्भावना बोकेको गाउँपालिका हो । राजारानी स्थित रानीताल ,नागवेली पार्क , सिद्धदेवी, बोधे गढी, हम्वे दरवार, हांसेमालुङ, थाक्केलुङ, त्रिवेणी, ्मिक्लाजुङ पर्वत, चमेरे ओडार सिंहदेविस्थान प्रमुख पर्यटकीय स्थलको रुपमा लिइन्छ ।

भेडेटार हुँदै नाम्जेको आत्माघर ओख्रेको टावर डाँडाबजारको ध्वजे डाँडा र एशियाकै ठूलो वरको रूख भ्रमण गरेर चौविसे गाउँपालिका प्रवेश गर्न सकिन्छ । चौविसे गाउँपालिकाको प्रवेश सँगै राजारानीको नागवेली पार्क र रानीतालको भ्रमण गर्न सकिन्छ ।

चौविसे गाउँपालिका र बसोबास

चौविसे गाउँपालिका धनकुटा जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित छ । वि.स. २०७३ फागुन २७ को नेपालको पुनर्संरचनाको निर्णय अनुसार साविक ७ वटा गाउँ विकास समितिलाई समेटेर स्थापना गरिएको छ । छ नं.बुधबारे, मुढेवास, कुरुले तेनुपा, बोधे, राजारानी, मौनाबुधुक र वसन्तटार गाविसलाई समेटेर चौविसे गाउँपालिका भएको हो । गाउँपालिकामा जम्मा ८ वटा वडाहरु कयम गरिएको छ ।

यो गाउँपालिका यसको क्षेत्रफल १४७।६ वर्ग कि.मि.रहेको छ भने जनसंख्या १९२८३ रहेको छ । यो गाउँपालिका वहुजाती वसोवास भएको गाउँपालिका हो । त्यसैले विविध किसिमका संस्कृति परम्परा पाउनु स्वभाविकै हो । यस गाउँपालिकामा सबैभन्दा बढी लिम्बू जातिको वसोवास पाइन्छ । त्यसैगरी अन्य जातिहरुमा मगर, राई, नेवार, व्राह्मण, क्षेत्री, याखा, दलित ,कामी, दमाइ, सार्की, सुनार, माझी, तामाङ, गुरुङ, भूजेल जातिहरुको वसोवास पाइन्छ ।

पछिल्लो समयमा आएर कृषकहरु नगदेवाली तर्फ उन्मूख भएको भने पाइन्छ । खास गरी फलफूल तथा तरकारी खेतीमा कृषकहरु बढी आकर्षित भएको देखिन्छ । सुन्तला, कागती, अम्बा, नास्पाती, केरा, जुनार आदि यस क्षेत्रमा उत्पादन हुने प्रमुख फलफूल हुन् । गाउँपालिकाको वडा नं। ६ र ५ लाई सुन्तलाको पकेट क्षेत्रको रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved