अर्थतन्त्र डुबेको बेला सरकारको चासो कता ?

  • प्रकाशित मितिः आश्विन २४, २०७७
  • १९२ पटक पढिएको
  • ध्रुव ढकाल
alt

‘अब लकडाउन होला ?’ ‘कति थपिए आज ?’ ‘के छ कोरोनाको खबर ?’ प्राय कतै जादाँ मलाई साथिभाइले सोध्ने प्रश्नहरु यी । सञ्चारक्षेत्रमा आवद्ध रहेका कारण यसबारे अपडेट छु भनेर सोधिएका यी प्रश्नहरुको संक्रमणको बढ्दो तथ्यांक बाहेक अरु जवाफ हुदैन । तर यी तथ्यांकले मात्र कोरोनाको संक्रमण र हाम्रो अवस्थाबारे पुर्ण जवाफ दिन सक्दैन ।

नेपालमा शुक्रबार अपरान्हसम्म कुल संक्रमित संख्या १ लाख नाघेको छ । शुक्रबार थपिएका २ हजार ५९ संक्रमितसमेत नेपालमा संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । हालसम्म ६ सयभन्दा बढि मृत्युको कारण समेत कोरोना नै रहेको छ । संक्रमित संख्या १ लाख नाघेसंगै नेपाल कोरोना संक्रमित मुलकको खराब सुचीमा ४३ औं स्थानमा परेको छ । यो तथ्यांकलाई हेर्ने हो भने यो बर्षको अन्त्यसम्म संक्रमित संख्या दोब्बर बढ्ने संभावना रहन्छ । तथापी यसबारे सरकारको चासो शुन्यप्राय छ ।

सरकार कोरोना बारे कतिपनि सचेत छैन भन्ने सरकारकै पछिल्ला केहि गतिविधिले देखाएको छ । मृतकको कोरोना परीक्षण नगर्ने, लक्षण बिनाका शंकास्पद संक्रमितको परीक्षण नगर्ने, देशभर बिरामीले बेड नपाउदा त्यसको ब्यवस्थापन नगर्ने सरकारले उल्टै जनतालाई बेहोस हुने स्थितीमा मात्र अस्पताल आउन अपिल गरेको छ । सरकार आफैले सामान्य रोगका बिरामीलाई अस्पताल नआउन भनिरहदा यसले संविधानमार्फत जनताले पाएको स्वास्थ्य सम्बन्धी हकको हनन भएको बिषयबारे सरकार बेखबर छ । तर सरकार आफुले भने कुनै फलदायी काम गर्न सकेको छैन ।

सरकारले कोरोना नियन्त्रणमा लिने उपायबारे बोकेको एउटा मात्र मानसिकता हो, लकडाउन । जनतालाई घरभित्र थुनेर कोरोना नियन्त्रण गराउने मनसायमा रहेको सरकारले देशको बिग्रदो आर्थिक अवस्थाबारे सचेत भएको भने देखिदैन । नत्र आर्थिक संकटको यस्तो घडीमा समेत सरकार लकडाउनको रट लगाउदै कोरोना नियन्त्रणमा कुनै पहल थालेको देखिदैन ।

कोरोना भाइरसको त्रासले सर्वत्र आर्थिक मन्दी छाएको छ । बजारमा वस्तु किन्ने ग्राहक भेटिन छाडेको छन् । आर्थिक कारोबार ठप्प छ । आयात, निर्यात मात्र नभई उत्पादन समेत घटेको छ । अर्थतन्त्रमा गिरावट आउँदा रोजगारीसंगै सेयरबजारदेखि रियल स्टेटसम्मका लगानीकर्ता अहिले डुब्ने अवस्थामा पुगेका छन् । विद्यालय, होटल, पर्यटन, मनोरञ्जन सहित साना लगानीकर्ता समेत अहिले आर्थिक मन्दिको शिकार भएका छन् । यसरी कोरोनाको प्रभावले आर्थिक, सामाजिक, स्वास्थ्य र मानसिक क्षतिको हिसाबकिताब राख्ने हो भने नेपालमा खर्बौको क्षति भएको छ ।

कोरोनाको प्रभावले निर्माणाधीन कैयौं आयोजना, सडक र विमानस्थलको काममा असर पारेको छ । सकिनुपर्ने मितीमा आयोजनाको निर्माण नसकिदा अर्थतन्त्रले धान्न नसक्ने अवस्था आउन सक्छ । कोरोना सबैभन्दा ठुलो असर पर्यटन ब्यवसायमा परेको छ ।

अझ विदेशीएका नेपालीबाट आउने आम्दानीमा समेत कमी आउँदा मुलुकको अर्थतन्त्रमा ठुलो धक्का पर्नेछ । त्यसैले अब हरेक नेपाली उत्पादनमुखी गतिविधिमा सहभागी हुन आवश्यक छ । नेपालमा कृषिको प्रसस्त संभावना भएकाले यसको प्रयोग गरी अबको अर्थतन्त्र धान्न सहारा लिन सकिन्छ । यसका लागी सरकारले जनतालाई कृषिमुखी बनाउन विज्ञको परामर्शमा उपयोगी समाधानको बाटो खोज्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved