यस्ता छन् ओखर खानुका फाइदा

  • प्रकाशित मितिः आश्विन २६, २०७७
  • १८४ पटक पढिएको
  • सञ्चारपाटी
alt

एक अध्ययनले ओखर खाँदा हुने धेरै फाइदाहरु पत्ता लगाएको छ ।

ओखर खानाले एकाग्रताको स्तर पनि निकै सुधार हुने अध्ययनले निष्कर्ष निकालेको छ । न्युट्रेन्ट जर्नलमा छापिएअनुसार नियमित रुपमा ओखर खानाले डिप्रेसनबाट हुने समस्याबाट पनि मुक्ति पाइन्छ ।

नियमित ओखर खानेहरुलाई डिप्रेसन हुने सम्भावना २६ प्रतिशतले कमी हुने त्यो जर्नलमा जनाइएको छ ।

अध्ययनका अनुसार ओखरले शरीरमा उर्जामा वृद्धि मात्र गर्दैन, यसले एकाग्रताको स्तर पनि निकै बढाउँछ । एक विश्वविद्यालयका शोधार्थीले यो अध्ययनका लागि ६ सय मानिसहरुलाई सहभागि गराएका थिए ।

यसअघि मुटु रोगसँग सम्बन्धित रहेर पनि ओखरबारे शोध गरिएको थियो । यसपटक डिप्रेसनको विषयमा केन्द्रित रहेर गरिएको शोधले पनि राम्रो नतिजा निकालेको छ ।

यतिमात्र होइन ओखर खाँदा दम हुने समस्यामा पनि कमी आउने अध्ययनले जनाएको छ । ओखरमा हुने भिटामिन ई का कारण अन्य रोगहरुबाट पनि यसले टाढा राख्छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved