कोरोना संक्रमणबाट मृत्यु हुने खतरा अविवाहितलाई बढी

  • प्रकाशित मितिः आश्विन २७, २०७७
  • ३७९ पटक पढिएको
  • सञ्चारपाटी
alt

स्विडेनका वैज्ञानिकले हालै गरेको अनुसन्धानले कोरोना संक्रमणबाट मृत्यु हुने जोखिम विवाहितलाई भन्दा अविवाहितलाई बढी हुने देखाएको छ।

अनुसन्धानकर्ताका अनुसार कोरोना संक्रमण भयो भने विवाह गरेका व्यक्ति (महिला र पुरुष)का तुलनामा विवाह नगरेकालाई मृत्युको खतरा डेढ गुणा बढी हुन्छ। अर्को शोधअनुसार अविवाहित व्यक्ति धेरै रोगबाट ग्रस्त हुन्छन्, जसका कारण उनीहरूको मृत्यु दर उच्च छ।

स्विडेनको अनुसन्धानले महिलामा भन्दा पुरुषमा कोरोनाको जोखिम २ गुणा बढी हुने तथ्य पत्ता लगाएको छ। तर पुरुष विवाहित छन् भने जोखिम केही कम हुने अनुसन्धानकर्ताले बताएका छन्।

अविवाहित, कम आम्दानी तथा शिक्षा भएका पुरुष कोरोना संक्रमणबाट मृत्यु हुने जोखिममा बढी हुने अनुसन्धानकर्ताको दाबी छ।

स्विडेनस्थित स्टकहोम विश्वविद्यालयका एक अनुसन्धानकर्ता स्भेन ड्रेफलका अनुसार उल्लिखित सबै कारण (पुरुष, अविवाहित, कम आम्दानी तथा शिक्षा) ले कोरोनाबाट मृत्युको जोखिम बढाउँछन्।

यो अनुसन्धान स्विडेनको ‘नेसनल बोर्ड अफ हेल्थ’को तथ्यांकमा आधारित छ। जसले कोरोनाका कारण मृत्यु हुनेमा अविवाहित पुरुषको संख्या बढी देखाएको छ, जसको उमेर २० वर्ष वा यसभन्दा केही बढी थियो।

वैज्ञानिकको दाबी के छ भने महिलाको तुलनामा पुरुषको मृत्युदर बढी हुन्छ, किनकि यिनीहरूको शारीरिक बनोट र जीवनशैली नै फरक हुन्छ। कम शिक्षा र आय भएपछि स्वास्थ्य पनि कमजोर हुन्छ। किनकि उसले आफ्नो स्वास्थ्यमा धेरै ध्यान पुर्‍याउन सक्दैन।एजेन्सी

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved