चेन्नईद्वारा हैदराबाद २० रनले पराजित

  • प्रकाशित मितिः आश्विन २८, २०७७
  • ११० पटक पढिएको
  • सञ्चारपाटी
alt

चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को २९ औं खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गरेको छ।

चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४७ रनमात्र जोड्न सक्यो।

हैदराबादका केन विलियम्सनले सर्वाधिक ५७ रन जोडे पनि जितका लागि पर्याप्त भएन। जोनी बेयरस्टो २३ रन आउट भए।चेन्नईका करण शर्मा र ड्वेन ब्राभोले समान २ विकेट झारे। शार्दुल ठाकुर, रवीन्द्र जडेजा र साम करनले एक–एक विकेट लिए।

त्यसअघि दुबई इन्टरनेसल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रनको योगफल तयार पारेको थियो। रवीन्द्र जडेजा २५ रनमा नटआउट रहे। सन्दीप शर्माले ३१ रनको योगदान दिए।

तेस्रो विकेटका लागि अम्बाती रायुडु र वाटसनले १ रनको साझेदारी गरे। रायुडु ४१ रनमा आउट भए। उनले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गरे। वाटसन ४२ रनमा क्याच आउट भए। उनले ३ बलमा १ चौका र ३ छक्का प्रहार गरे।

सन्दीप शर्मा, टी नटराजन र खलिल अहमदले समान २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved