करेन्ट लागेर एकको ज्यान गयो

  • प्रकाशित मितिः आश्विन २८, २०७७
  • १३२ पटक पढिएको
  • सञ्चारपाटी
alt

विराटनगर / मोटर जोड्ने क्रममा करेन्ट लागेर मोरङमा एक जनाको ज्यान गएको छ ।

रतुवामाई नगरपालिका–१० सातमेडीमा एक युवाको मृत्यु भएको हो । घर छेउमा विद्युत मोटर जडान गर्दै गरेको अवस्थामा अचानक करेन्ट लागेर २४ वर्षीय रविन लिम्बूको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उनका अनुसार करेन्टले बेहोस भएका लिम्बूको उपचारका क्रममा झापाको दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको हो । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved