मिसेस नेपाल लागि आवेदन खुल्ला

  • प्रकाशित मितिः आश्विन २९, २०७७
  • १२४ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / बिवाहित महिलाहरूको सौदर्य निखार्दै उनीहरूको ब्यक्तित्व विकाश गर्ने उद्देश्यले इप्लानेटले नियमित आयोजना गर्दै आएको सौदर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’को आवेदन खुल्ला भएको छ ।

ग्रिन आर्ट्स नेपालको संयोजन रहने प्रतियोगिताको यो वर्ष कोभिड–१९ को महामारीलाई ध्यानमा राखेर अनलाइन तथा अफलाइन दुबै माध्यमबाट आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताका लागि आवेदन प्राप्त ब्यक्ति मध्य पनि आन्तरिक छनौटमा परेका उत्कृष्ट प्रतियोगीलाई मात्र ‘मिसेस युनिभर्स २०१९’ अनिला श्रेष्ठलगायत बिभिन्न बरिष्ठ ब्यक्तिहरूबाट प्रशिक्षण प्रदान गरिनेछ । २१ वर्षदेखि ५५ वर्ष उमेर बिचका विवाहित नेपाली महिलाले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।

गृहिणी जीवन बिताइरहेका महिलालाई सौन्दर्यता बाहेक सामाजिक क्रियाकलापदेखि आफ्नो व्यक्तित्व विकास गराउनेसम्म धेरै किसिमको काममा सक्रिय सहभागीता जनाउने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागेको आयोजक संस्था इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए ।

प्रतियोगिताको बिजेता शिर्ष उपाधि, बिभिन्न गिफ्टको अलवा सन् २०२१ मा हुने ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने छन् ।

यसअघि ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधत्व अनिला श्रेष्ठ, मनिषा डंगोल, पद्मिनी झा, रजनी थापा, मिना घिमिरेले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved