पाँचथरका दुई गाउँपालिकामा कोरोना अस्पताल सञ्चालनमा

  • प्रकाशित मितिः आश्विन ३०, २०७७
  • ६५ पटक पढिएको
  • सञ्चारपाटी
alt

पाँचथर / पाँचथरका फालेलुङ र हिलिहाङ गाउँपालिकामा कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको छ ।

हिलिहाङ गाउँपालिकामा र फालेलुङ गाउँपालिकामा अस्पताल सञ्चालन गरिएका हुन् । हिलिहाङले एक जना एमबीबीएस डाक्टर र दुई जना स्टाफ नर्स नियुक्त गरेर अस्पताल सञ्चालनमा ल्याइएको जानइएको छ ।

फालेलुङमा दुई जना स्टाफ नर्स नियुक्त गरिएको छ । डाक्टरको माग गरिए पनि दरखास्त नपरेको प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानले बताए । संघीय स्वास्थ मन्त्रालयबाट प्राप्त १० लाख रुपैयाँसहित स्थानीय तहको लगानीमा अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको पालिकाहरूले जानकारी दिएका छन् ।

यी अस्पताल तत्काललाई तीन महिनाका लागि सञ्चालन हुने र आवश्यकताअनुसार थप गरिने गाउँपालिकाले जनाएका छन । 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved