खुकुरी हान्ने इटहरीका हर्के पक्राउ

  • प्रकाशित मितिः आश्विन ३०, २०७७
  • ५३६४ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । ज्यान मार्ने उद्योग मुद्दामा फरार आरापीलाई तीन वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय इटहरीको टोलीले ज्यान मार्ने उद्योग मुद्दाका फरार इटहरी–९ का हर्के भनिने आदर्श चौधरीलाई पक्राउ गरिएको हो । उनलाई असोज २८ गते पक्राउ गरी जिला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

आरोपी चौधरीले २०७४ असोज १४ गते इटहरी–८ का  विपिन कार्कीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । इटहरीको बिजुली अफिसबाट इटहरी चोक जाने क्रममा इटहरी–९ ग्रिनपिस बोर्डिङ स्कुलको छेउमा पुग्दा चौधरीसहित ४–५ जनाको समूहले बाटो छेकेर कार्कीको टाउँकोमा प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेका थिए ।

उनलाई मुलुकी अपराध संहिता २०७४ अनुसार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved