विद्युत प्राधिकरण विराटनगरका ३० जना कर्मचारीमा कोरोना संक्रमण

  • प्रकाशित मितिः आश्विन ३०, २०७७
  • १४९ पटक पढिएको
  • सञ्चारपाटी
alt

विराटनगर / कर्मचारीमा कोरोना संक्रमण भएपछि विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र अनिश्चित कालका लागि बन्द भएको छ।

आज सार्वजनिक सूचना जारी गरेर कार्यालयबाट प्रवाह हुँदै आएको सेवासहित प्राधिकरण बन्द गरिएको हो।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गर्नु परेको केन्द्रका प्रमुख राजीव सिंहले जानकारी दिए। उनका अनुसार बुधबार र बिहीबार ३० कर्मचारीको रिपोर्ट पोजिटिभ आएको छ।

वितरण केन्द्रको महसुल काउण्टर, प्रशासनिक काम कारबाही र नयाँ ग्राहक वितरण बन्द गरिएको जानइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved