सुनसरीमा भोलि देखि जोर–बिजोर प्रणाली लागू

  • प्रकाशित मितिः कार्तिक १, २०७७
  • ७५४५ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । सुनसरीमा आइतबारदेखि जोर–बिजोर प्रणाली लागू हुने भएको छ । सुनसरी जिल्लास्थित कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टरको शुक्रबार बसेको बैठकले आइतबारदेखि जोर–बिजोर प्रणाली लागू हुने भएको हो ।

प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख एसपी सञ्जीव शर्माका अनुसार छोटो दूरीका बस, कार, जीप, म्याजिक भ्यान, टेम्पो, माइक्रो, ई रिक्सा, मोटरसाइकललाई जोर विजोर प्रणालीमा मात्र सञ्चालन गर्ने निर्णय गरिएको सुनाए ।

आइतबार देखि बेलुका ८ बजेदेखि विहान ५ बजेसम्म निषेधाज्ञा पनि गर्ने निर्णय गरिएको उनले जानकारी दिए । उक्त समयमा स्थानीय स्तरका सवारी साधन र मानिसहरुको आवागमनमा पूर्ण रोक लगाईने उनले बताए । सुनसरी जिल्ला भित्रिने लामो दूरीको यात्रुवाहक सवारी साधनहरु बिहान ९ बजे भित्र गन्तव्यमा पुगि सक्नुपर्ने निर्णय गरिएको शर्माको भनाई रहेको थियो ।

फुटपाथ, गुद्री जस्ता स्थानमा हुने व्यापार व्यवसाय सञ्चालनमा स्थानीय तहको समन्वयमा पुर्णरुपमा रोक लगाइने र मुख्य राजमार्ग क्षेत्रमा पार्किङ गर्न नपाईने निर्णय भएको उनले बताए । ‘सुनसरीमा कोरोना संक्रमण उच्च दरमा फैलिरहेकोले यी निर्णय भएका हुन एसपी शर्माले भने, ‘जोर–बिजोर प्रणाली लागू भएपछि सोही कुरालाई मध्यनजर गरेर मात्र सवारी चलाउन अनुरोध गरिन्छ ।’

दसैँ, तिहारको समयमा मापसे चेकिङलाई कडाई गरिनेछ । ‘मापसे गरेर सवारीसाधन चलाएको अवस्थामा जो कोहीलाई पनि माफी हुँदैन,’ शर्माले भने, ‘दसैँको समयमा मात्रै नभएर अन्य समयमा पनि मापसे चेकिङलाई कडाई गरिनेछ ।’‘मापसे गरेर सवारीसाधन चलाएको अवस्थामा जो कोहीलाई पनि माफी हुँदैन,’ शर्माले भने, ‘दसैँको समयमा मात्रै नभएर अन्य समयमा पनि मापसे चेकिङलाई कडाई गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved