इटहरीमा फोहोर गरी सञ्चालन गर्ने ४ मासु पसल सिल

  • प्रकाशित मितिः कार्तिक १, २०७७
  • २०३० पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी /  इटहरी उपमहानगरले पटक पटक सम्झाउँदा पनि अटेर गर्ने इटहरीका ४ मासु पसललाई सिल गरेको छ ।

आज बिहान इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको संयोजकत्वमा नगर प्रहरी, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधि, इलाका प्रहरी सहित गएको बजार अनुगमन टोलीले इटहरी पश्चिम लाइनमा रहेका नमस्ते मासु पसल, मामा मिट सेन्टर, इटहरी मिट सेन्टर र सन्जेल मिट पसलमा सिल गरेको हो ।

उक्त पसलले न्यूनतम स्वास्थ्य मापदण्ड पनि पुरा नगरी बिक्री गरेको, व्यवसाय कागजपत्र नलिई सञ्चालन गरेको, पसल अगाडी जाली नलगाई व्यापार सञ्चालन गरेको पाइएपछि सिल गरिएको उपमेयर गौतमले जानकारी दिइन् ।

१ हप्ता अगाडी बजार अनुगमनका क्रममा उक्त पसललाई आवश्यक मापदण्ड पुरा गर्न पत्र लेखिएको थियो तर उक्त पत्रको बेवास्ता गरी व्यवसाय सञ्चालनको गरेको पाइएपछि बाध्य भएर शिल गर्नु परेको उपमेयर गौतमको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved