आज थप ३१ सय ६७ जनामा कोरोना संक्रमण

  • प्रकाशित मितिः कार्तिक १, २०७७
  • १४६ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार १६७ जनामा कोरोना पुष्टि भएको बताए।

उनका अनुसार आज देशमा संक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ। पछिल्लो २४ घण्टामा थप १५ हजार ४३८ गरी अहिलेसम्म १२ लाख ६७ हजार ६०५ परीक्षण भएको छ।

उनले १ हजार ८ सय जना संक्रमित पछिल्लो २४ घण्टामा निको भएको बताए। योसँगै नेपालमा निको हुने ८९ हजार ८४० रहेका छन्। यो कूल संक्रमितको ६९।७ प्रतिशत हो।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved