आज दशैँको तेस्रो दिन : चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी धुमधामले मनाइँदै

  • प्रकाशित मितिः कार्तिक ३, २०७७
  • १५४ पटक पढिएको
  • सञ्चारपाटी
alt

घटस्थापना गरेसँगै शुरुभएको दशैंको आज तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधाना गरि मनाइँदै छ । शनिबार घरघरमा घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दशैंको तेस्रो दिन सोमबार देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा नियमित पूजा मात्र गरीएको छ । कोरोनाको कारण देश भरीका देश भरीका मठमन्दीरमा सर्वसाधारण लाई प्रतिबन्ध लगाईएको छ ।  कोरोनाको कहरले गर्दा प्रसासनले लगाएको प्रतिबन्दका कारण श्रदालुहरु यो बर्ष देवी दुर्गाका शक्तिपीठहरूमा पुजाआजा गर्न भने गएका छैनन् ।

गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्काली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा गरिन्छ भने उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा पूजा गर्ने गरीन्छ । यो बर्ष कुनै पनि शक्तिपीठहरुमा सर्वसाधारणले पुजाआजा गरेका छैनन् ।

प्रतिपदादेखि पूर्णिमासम्म शक्ति स्वरुपा दुर्गा भवानीलाई शैलीपुत्री, ब्रम्हचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र बुद्धिदात्रीका रुपमा पूजा गरिने भएकाले पनि दशैं चाड दुर्गा पूजाको नामले पनि प्रचलित छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved