खुमलटारमा प्रचण्ड र नेपालबीच छलफल

  • प्रकाशित मितिः कार्तिक ५, २०७७
  • १७८ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / सत्तारुढ दलका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ।

बुधबार दिउँसो अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भइरहेको उक्त छलफलमा कर्णाली प्रदेशका नेताहरु र सरकारका मुख्यमन्त्रीसहितका केही सांसदहरु पनि सहभागी रहेका छन्।

‘अहिले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले कर्णाली प्रदेशका नेताहरुसँग छलफल गरिरहनुभएको छ’, छलफलमा सहभागी एक नेताले भने। उनले छलफलमा को–को सहभागी छन् भन्नेबारे केही खुलाउन चाहेनन्।

उक्त छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश इन्चार्ज, सह–इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी र केही सांसदहरु पनि सहभागी रहेको छन्।

कर्णाली प्रदेशमा देखिएको विवाद समधानका लागि दुई अध्यक्षबीच पटकपटक भएको छलफलमा सहमति जुट्न नसकेपछि दुवै अध्यक्ष छुट्टाछुट्टै छलफलमा जुटेका हुन्।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्षले मंगलबार प्रदेशको विवाद समधानका लागि दुई अध्यक्षबीच चारबुँदे सहमति भएको बताएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved