अब आवेदन दिएको ४ महिनामै चालक अनुमतिपत्र पाइने

  • प्रकाशित मितिः कार्तिक ७, २०७७
  • २११ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र छापेको छ।

विगतमा विभागसँगै झण्डै आठरनौ लाखसम्म पनि अनुमतिपत्र बाँकी हुन्थे। अहिले त्यो सकिँदै गएको छ। पहिले वर्षौँसम्म सेवाग्राहीले अनुमतिपत्र नपाउने गरेकामा अहिले त्यो अवस्था पूरै हटिसकेको विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताए।

अब पछिल्लो तीनरचार महिनायता आएका अनुमतिपत्र मात्रै छाप्न बाँकी छ। छापिएका सबै अनुमतिपत्र सम्बन्धित कार्यालयमा पठाइसकिएको उनले बताए। ‘सेवाग्राहीले नयाँ वा नवीकरण गरिएका अनुमतिपत्र सम्बन्धित कार्यालयमा पुगेर लिन सक्छन्,’ भुसालले भने।

निषेधाज्ञाका समयमा यातायात व्यवस्था कार्यालयबाट आएका झण्डै एक लाख अनुमतिपत्र छाप्न बाँकी छ। अहिले आवश्यकतानुसार ‘मास प्रिन्टर’ बाट अनुमतिपत्र छपाइ भइरहेको छ।

आवेदन दिएको तीनरचार महिनामा अनुमतिपत्र पाउन सक्ने गरी तयारी गरिएको उनले बताए।

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved