कमाउ धन्दामा सुनसरीको एसपी,छानविन समिति गठन

  • प्रकाशित मितिः कार्तिक ७, २०७७
  • ७७६२ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । सुनसरीको एसपी कमल थापा कमाउ भन्दामा लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विभिन्न मुद्धामा आर्थिक प्रलोभन राखेको भन्दै एसपी थापा विरुद्ध अख्तियारमा उजुरी परेको हो ।

अख्तियारमा उजुरी परे सँगै अख्तियारले प्रदेश प्रहरी कार्यालय विराटनगरलाई पत्र काटेको हो । आगुऔषध तथा सुर्तीजन्य पदार्थमा पैसा माग्ने गरेको भन्दै उजुरी परे पछि छानविन समिति समेत गठन भएको छ । एसपी थापाले वोर्डर क्षेत्रमा समेत आफ्नो सेटिङको प्रहरी राखेर तस्करी समेत गर्दै आएको स्रोत्रले बताएको छ ।

लागु औषधमा पैसा माग्ने मिल्यो भने छोड्ने पैसा नदिए मुद्धा चलाउने गरेको गुनासो सहित उजुरी परे पछि छानविन सुरु भएको हो । पछिल्लो समयमा हरियो मटर पनि तस्करी हुने गरेको छ । सुनसरीको सिमावर्ती क्षेत्रबाट प्रहरीकै संलग्नतामा हरियो मटर तस्कर भईरहेको सुनसरीकै एक प्रहरीले बताए ।

प्रदेश नम्बर एक प्रहरी प्रमुख डिआईजी इश्वरबाबु कार्कीले सुनसरीको एसपी थापाको उजुरी परेको बताए । उने भने सामान्य विषय हो कुनै रिसिईवीको आधारमा पनि उजुरी परेको हुन सक्छ । जिल्लाका एसपीहरु विरुद्ध उजुरी परिरहने भन्दै डिआईजी कार्कीले आफुले एसपी मनोज यादवको नेतृत्वमा समिति बनाएको बताए ।

छानविन समितिका संयोजक मनोज यादबको टोलीले आरोपित सुनसरीका एसपी कमल थापाको समेत बयान लिने काम सकेको बताएको छ । समितिले बयानको आधारमा यो प्रतिवेदनलाई प्रदेश प्रहरी कार्यालय पठाउने र उक्त प्रतिवेदनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा बुझाउने छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved