तातोपानी नाका आजबाट पुनः सञ्चालनमा

  • प्रकाशित मितिः कार्तिक १४, २०७७
  • १५१ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / चीनसँग जोडिएको तातोपानी नाका आजबाट पुनः सञ्चालनमा आएको छ । नाकाबाट आज एक कन्टेनर सामान भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

गत असोज ११ देखि बन्द नाकाबाट बिहीबार एक कन्टेनर स्याउ भित्रिएको हो । शुक्रबारबाट कम्तीमा ७ वटा चिनियाँ कन्टेनरले हरेक दिन सामान ल्याएर नेपाली यार्डसम्म उपलब्ध गराउने भन्सार कार्यालयले जनाएको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नाकाबाट सामग्री आयात शुरु भइसकेको र सडक विभागले सडक मर्मत तत्काल शुरु गर्ने बताए । कोभिड १९ को सङ्क्रमण र वर्षायामका कारण सो नाका अवरुद्ध हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved